नेपालले माल्दिभ्सलाई ११  गोलले हरायो

Devghat Online

शेयर गरौ

काठमाडौं, कार्तिक ५

काठमाण्डौमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले आज माल्दिभ्स विरुद्ध गोलको वर्षा गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजेबाट सुरु भएको खेलको पहिलो हाफमा नै नेपालले पाहुना टोली माल्दिभ्स विरुद्ध ४ गोल गर्यो ।

खेलको पहिलो हाफ सकिदा नेपाल ४/० गोल अन्तरले अगाडि रहेको नेपालले दोस्रो हाफमा ७ गोल थप्यो र ११/० गोलअन्तर सहित नतिजा आफ्नो पक्षमा पार्यो । माल्दिभ्स विरुद्धको सानदार खेल प्रदर्शनमा रेखा पौडेलले पाँच, प्रीति राईले तीन तथा सवीता रानामगर, अनिता केसी र अमिशा कार्कीले समान एक गोल गरे । यो जितसंगै ४ अङ्क बनाएको नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ ।

यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । पहिलो खेलमा श्रीलंकासंग १/० गोल अन्तरले पराजित माल्दिभ्स भने अंकविहीन छ । यसैबीच आजै भएको पहिलो खेलमा श्रीलङ्कालाई ४/१ गोल अन्तरले हराउँदै भूटान विजयी भयो । अब समूह चरणको अन्तिम खेलमा बिहीबार नेपालले श्रीलंका र माल्दिभ्सले भुटानको सामना गर्नेछन् ।।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर