स्नातक तहका सबै परीक्षामा नेपाली र अंग्रेजीमा प्रश्न सोध्ने त्रिविको निर्णय

Devghat Online

शेयर गरौ

काठमाडौं, कार्तिक ५

त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ ।

उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० चैत १५ गतेको बसेको बैठकबाट निर्णय गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएकी छन् ।

त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई उक्त निर्णयबारे जानकारी गराउँदै मन्त्रालयलाई गरेको पत्राचारमा भनिएको छ, ‘पहिलो चरणमा अहिलेलाई शिक्षा शास्त्र संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय र र कानुन संकायको स्नातक तहको परीक्षामा सोधिने प्रश्न नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने बेहोरा समेत जानकारी गराउँदछु ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा