बन्दीपुर गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दीपुर, कार्तिक ५

बन्दीपुर गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को पहिलो त्रैमासिकको सार्वजानिक सुनुवाई कार्यक्रम सोमबार बन्दीपुरमा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सम्पन्न भएका विकास योजना, सेवा प्रवाह तथा खर्च विवरणको बारेमा जानकारी दिन तथा सेवाग्राही नागरिकको जिज्ञासा तथा सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सुझावहरुलाई ग्रहण गर्दै गाउँपालिकाको कामलाई अझ प्रभावकारी बनाइने बताए । बन्दीपुरलाई पर्यटन, कृषि तथा पुर्वाधारको माध्यमबाट समृद्धी बनाउने आफुहरुको लक्ष्य रहेको भन्दै अध्यक्ष थापाले सबै जनप्रतिनिधि, राजनीतिक दल तथा सबै गाउँपालिकाबासीको सहयोगमा उक्त लक्ष्य हासिल गरिने बताए ।

रैथानेबाली मार्फत पर्यटन प्रबद्र्धन गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष थापाले बताए । अबदेखी बन्दीपुरका सबै होटल र होमस्टेमा स्थानीय रैथाने बालीको उपयोग गर्नुपर्ने नीति बनाईएएको उनले बताए । गाउँपालिकाका सबै अपाङ्गता भएका व्यक्ति तथा वडा मार्फत सिफारिस भएका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य विमाको कार्यक्रम लागु गरिएको अध्यक्ष थापाले बताए । उनले अनावश्यक खर्च कटौती गरि खर्चलाई मितव्ययी बनाईएको थापाले बताए । उनले केही काम गर्न खोजे अख्तियारमा उजुरी गरेर काममा अवरोध गर्ने प्रबृत्ती बढेको बताए । उक्त कार्यले बिनियोजित बजेट नै फिर्ता हुने अवस्था आएको जसले गाउँपालिकाको विकास पछाडी धकेलिएको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङ्गले गाउँपालिकाले सम्पादन गरेको काममा नागरिकको सुझाव संकलन गरि सेवा प्रवाह र कार्यक्रमहरुलाई अझ प्रभावकारी बनाउने उद्देश्यले साजर्वजानिक सुनुवाई आयोजना गरिएको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले गाउँपरिषदबाट विनियोजित कार्यक्रम र बजेट कार्यान्वयनमा कर्मचारी प्रशासन लागि परेको बताए । उनले कृषि अनुदानमा भएको उपलब्धीको लेखाजोखा गरि आगामी दिनमा अनुदानका कार्यक्रम लागु गरिने बताए । गत वर्ष अनुदान लिएका कृषकहरुले अनुदान सदुपयोग नगरेको पाईए उसले आगामी दिनमा अनुदान नपाउने आचार्यले बताए ।

होमस्टे मार्फत रैथाने बालीको प्रबद्र्धन, विपद्बाट भएको क्षती न्युनिकरण, धार्मिक सम्पदाको संरक्षण, आवश्यकताको आधारमा योजना छनौट, गाउँपालिकाका सुचना र गतिविधिहरुको वेवसाईट र फेसबुक पेजबाट सार्वजनिक, अपाङ्गता र विपन्न परिवारको निशुल्क स्वास्थ्य विमा, लक्षित वर्ग कार्यक्रम कार्यान्वयनमा जोड, अनावश्यक खर्च कटौती, पाहुना र अतिथी सत्कारमा हुने खर्चमा मितव्ययी गाउँपालिकाको मुख्य जोड रहेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।

वडा नम्बर ३ का वडा अध्यक्ष परमेश्वर भट्टराईले वडाअध्यक्षहरु रातदिन जनताको काममा व्यस्त भएको र जनताको कामलाई नै प्राथमिकता दिईएको बताए । उनले आफ्नो व्यक्तिगत खर्च गरेर पनि जनताको काममा आफुहरु लागेको बताए ।

उक्त कार्यक्रममा व्यवसायीयक किट विकास कार्यक्रम बन्दीपुरका प्रमुख भवनाथ देवकोटा, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख किरण कुमार श्रेष्ठले पनि सहभागीहरुको प्रश्न र जिज्ञासा सम्बोधन गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका सभापती कर्णबहादुर खत्री, नेकपा एमालेका अध्यक्ष रवि श्रेष्ठ, नेकपा माओवादी केन्द्रका अध्यक्ष लोकबहादुर बानियाँ, राप्रपाका गोवर्धन भट्टराई, राष्ट्रिय जनमुक्ती पार्टीका अध्यक्ष डिलबहादुर थापा, नेकपा एमालेका नेता इन्द्रबहादुर कुँवर, दलित संघका केन्द्रीय सदस्य रामकृष्ण विक, बुद्धिजिवि प्रेम अधिकारी, छाप नाहाला खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष इमनाथ खनाल, बन्दिपुर खानेपानी उपभोक्ता संस्थाका सचिव कृष्णकान्त भट्टराई, नारयण खत्री लगायतले विभिन्न विषयमा जिज्ञासा, सुझाव, टिप्पणीहरु राखेका थिए ।

उक्त कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले वितरण गरेको अनुदानका कार्यक्रम उपलब्धी मुलक नभएको, फोहोर मैला व्यवस्थापन प्रभावकारी नभएको, रैथाने बालीको उपयोग कहाँ गर्ने, खानेपानी सुद्धिकरण नभएको, बन्दीपुर केवलकारको नक्सा पास नभई सन्चालन भएको, स्वास्थ्य विमाको औषधी नपाईएको, बाटोको मापदण्ड तय नभएको जस्ता विषयमा जिज्ञासा राखेका थिए । उक्त कार्यक्रमको सहजिकरण लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक