चितवनका प्रहरी प्रमुख रिमालको सरुवा, मिश्रलाई जिम्मेवारी

Devghat Online

शेयर गरौ

चितवन, कार्तिक ७

प्रहरी प्रधान कार्यालयले चितवनको प्रहरी प्रमुखमा नयाँ एसपी पठाएको छ ।

प्रहरी प्रधान कार्यालयले चितवनको एसपी भावेश रिमाललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा काज सरुवा गर्दै उनको ठाउँमा ब्यूरोमै कार्यरत एसपी गौतम मिश्रलाई पठाएको हो ।

आजैका मितिबाट लागु हुने गरी काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार रिमालको कार्यक्षमतामाथि प्रश्न उठेपछि अवधि नपुग्दै सरुवा गरिएको हो ।

सामान्यतया इन्चार्ज पाएको मितिले एक वर्ष नपुग्दै सरुवा नगर्ने चलन छ । गत फागुनमा मात्रै एसपी रिमालले चितवनको कमाण्ड सम्हालेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेपछि त्यसको विरोधमा रास्वपाका नेता कार्यकर्ता विरोधमा उत्रिएका थिए ।

चितवनमा पनि रास्वपाका नेता कार्यकर्ताले विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणी नदिमा दाहसंस्कार गरेका थिए ।

सोही घटनामा सुरक्षा निकाय र चितवनको प्रशासनको कमजोरी देखिएको भन्दै सीडीओ इन्द्रदेव यादव र एसपी रिमालको जिम्मेवारी खोसिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु