मोबाइल टावर राख्न सन्चारमन्त्रीसँग माग, बन्दीपुर सहित आबुखैरेनी र देवघाटका जनता लाभान्वित हुने

Devghat Online

शेयर गरौ

बन्दीपुर, कार्तिक ७

मोबाइल टावर नहुँदा बन्दीपुर गाउँपालिका वडा नम्बर ६ को खहरे, ग्याजाटार, सारङघाट तथा सारनका जनता सन्चार सम्बन्धबाट बिच्छेद हुनुपरेपछि बन्दीपुर गाउँपालिकाका अध्यक्ष सहितको प्रतिनिधि मन्डलले सन्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी उक्त क्षेत्रमा नमस्ते मोबाइलको टावर राख्न माग गरेका छन् ।

बुधबार सन्चार तथा सुचना प्रविधि मन्त्रालयमा गई बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले मन्त्री गुरुङसँग मोबाइल टावर नहुँदा बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का विभिन्न भागका नागरिक मारमा परेको हुँदा उनीहरुलाई सुचना र सन्चारको मुलधारमा ल्याउनको लागि उक्त क्षेत्रमा मोबाइल टावर स्थापना गर्न माग गरेका थिए ।

सो क्रममा मन्त्री गुरुङले नेपाल टेलिकमको सम्बन्धित व्यक्तिलाई तत्कालै टेलिफोन गरि उक्त समस्या जानकारी गराई जतिसक्दो चाँडो मोबाइल टावर स्थापना गर्न निर्देशन दिएको भेटमा सहभागी बन्दीपुर गाउँपालिकाका स्वकीय सचिव अमिर गुरुङले जानकारी दिए।

मन्त्री गुरुङको निर्देशन पछि टेलिकमबाट देवघाट गाउँपालिका वडा नम्बर ४ को नाल्वुङमा प्रक्रिया पुर्याएर जतिसक्दो चाँडो मोवाइल टावर स्थापना गर्ने प्रतिबद्धता जनाईएको छ । नाल्बुङमा मोबाइल टावर राख्दा बन्दीपुर वडा नम्बर ६ को मोबाइल नेटवर्क नपुगेको स्थानका जनता सहित आबुँखैरेनी र देवघाट गाउँपालिकाका जनता पनि लाभान्वित हुनेछन् ।

उक्त भेटमा नेकपा एमालेका नेता रामबहादुर गुरुङ र गाउँपालिकाका स्वकीय सचिव अमिर गुरुङ समेत थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ