बन्दिपुरमा सडक कालोपत्रेलाई प्रथामिकता, आगामी २ बर्ष भित्र मुख्य सडकहरु सबै कालोपत्रे गर्ने योजना

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक ८

बन्दिपुर गाउँपालिकाले सडक कालोपत्रे कार्यलाई प्राथमिकतामा राखेको छ । पुर्वाधार विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले सडक कालोपत्रे तथा स्तरिकरणलाई प्राथमिकतामा राखेको हो ।

गाउँपालिकाको सबै वडा जोड्ने बाटोमा १२ महिना नै मोटर चल्ने बनाउन उक्त बाटोहरुको स्तरिकरण गर्ने, पक्की बनाउने, नाली बनाउने, फराकिलो बनाउने तथा कालोपत्रे गर्ने कामलाई प्राथमिकतामा राखि कार्यान्वयन भईरहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । चालु आर्थिक वर्षमा अधिकांश योजना कालोपत्रेको रहेको अध्यक्ष थापाले बताए । संघ र प्रदेशबाट धेरै बजेट प्राप्त भएको र ति बजेटलाई आवश्यकता अनुसार परिचालन गरिएको भन्दै अध्यक्ष थापाले टुक्रे बजेटबाट विकास हुँदैन भन्ने मान्यताका साथ परिणाम देखिने गरि बजेट विनियोजन गरिएको बताए ।

अध्यक्ष थापाका अनुसार वडा नम्बर १ को बेलभन्ज्याङबाट बानियाँटार जाने सडकमा १ करोडको कालोपत्रे, सोही वडाको रिमाल्नीबाट भुडाटार जाने ५० लाखको कालोपत्रे, वडा नम्बर २ को बन्दिपुर ढाडखोला मोटरमार्ग अन्तर्गत भुमर्सेबाट हल्थुम्का सम्म ३ किमि सडक कालोपत्रे, वडा २ कै सिमलटारमा ५० लाखको कालोपत्रे, वडा नम्बर ३ नम्बरको सेराटारबाट सुखौरा जाने सडकमा २ करोडमा कालोपत्रे, वडा नम्बर ३ को कार्यालय देखी रामकोटसम्म जाने सडकमा ५० लाखको कालोपत्रेको योजना अहिले सन्चालन भईरहेको छ ।

त्यसैगरि वडा नम्बर ४ को बन्दिपुर रिङरोडमा कालोपत्रे तथा प्रहरीबिटबाट टुडिखेल जाने बाटो पनि कालोपत्र भएको छ । त्यसैगरि नयाँ शहरी आयोजना मार्फत शिखरडाँडाबाट तल्लो डुम्रे जाने बाटोमा कालोपत्रे भएको अध्यक्ष थापाले बताए । वडा नम्बर ५ को याम्पा र थुम्काको विचमा ५ सय मिटर ढलान, बन्दिपुरको तिनधाराबाट वडा नम्बर ५ को कार्यालय बाहुन भन्ज्याङ जाने सडकमा २ करोडको कालोपत्रेको काम यसैवर्ष सुरु हुनेछ । त्यस्तै वडा नम्बर ६ को साँधभन्ज्याङबाट घमलछापसम्म २ करोडको बजेटमा कालोपत्रे, वडा नम्बर ६ कै सराङघाटबाट भुतखोलासम्म १ करोडमा बाटो स्तरिकण भईरहेको अध्यक्ष थापाले बताए ।

चलु आर्थिक वर्षमा बन्दिपुर गाउँपालिकामा पुर्वाधार विकासको लागि प्रदेश र संघबाट गरि करिब २० करोडको बजेट प्राप्त भएको अध्यक्ष थापाले बताए । उक्त बजेट हालसम्मकै धेरै भएको अध्यक्ष थापाले बताए । ति बजेटको सदुपयोग गरि पुर्वाधारको क्षेत्रमा काम गर्ने र आगामी २ बर्ष भित्र बन्दिपुरका मुख्य सबै सडकहरुमा कालोपत्रे गरिसक्ने योजना रहेको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर