देवघाटमा आठौं देवपुर सांस्कृतिक महोत्सव हुने

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक ८

देवघाट गाउँपालिका–५ देवपुरमा आगामी कार्तिक १४ गते आठौं देवपुर सांस्कृतिक महोत्सव हुने भएको छ । देवघाट गाउँपालिकाको प्रमुख संरक्षकत्वमा तथा गाउँसुधार समिति देवपुरको आयोजनामा उक्त महोत्सव देवपुर चोक डवलीपार्कमा हुने महोत्सवका मुल संयोजक एवं गाउँ सुधार समिति देवपुरका अध्यक्ष सुकु गुरुङले बताए ।

उक्त सांस्कृतिक महोत्सवको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गर्ने छन् । उक्त कार्यक्रममा लोकप्रिय गायक गायिका कुलेन्द्र विक, आशा विसी, अमर विरही गुरुङ, चन्द्रा गुरुङ, पृथ्वी गुरुङ तथा हास्यकलाकार बलराम सरकारको प्रस्तुती रहनेछ ।

उक्त अवसरमा देवघाट गाउँपालिका स्तरीय कौराहा प्रतियोगिता पनि आयोजना गरिने भएको छ । कौराहा प्रतियोगतामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार दिईने संयोजक गुरुङले बताए । कौराहा प्रतियोगिताको टिम दर्ता निशुल्क रहेको उनले बताए ।

‘लोक कला संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा नचरी नाच, तामाङ सेलो, घाँटु, भजन लगायत विभिन्न जातजातीका सांस्कृतिक प्रस्तुती पनि प्रर्दशन गरिनेछ । कार्यक्रमको संयोजक आशिक राना तथा आर्थिक संयोजक प्रेम थापा रहेका छन् ।

गाउँ सुधार समिति देवपुरले हरेक वर्ष सांस्कृतिक महोत्सव आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु