देवघाटधाममा वृहत् योग ध्यानशिविर हुने

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक १०

नेपालको मध्यभागमा पर्ने पावन तीर्थस्थल देवघाटधाममा अवस्थित महेश सन्यास आश्रमको प्राङ्गणमा आगामी मङ्सिर ९ गते आत्मसाक्षात्कारी सन्तको विशिष्ट पद्धतिमा आधारित अपूर्व ध्यानयोग शिविरको आयोजना हुने भएको छ । महेश सन्यास आश्रमद्वारा सन्चालित रामानन्द अनुसन्धान केन्द्रको आयोजनामा उक्त योग ध्यान शिविर हुन लागेको हो ।

आयोजक रामानन्द अनुसन्धान केन्द्रका अनुसार नेपालको संस्कृति, परम्परा र आध्यात्मिक विरासतलाई विश्वभर परिचित गराउने उद्देश्य अनुरूप उक्त कार्यक्रम आयोजना गरिएको हो । ‘नेपालमा आविष्कार भएको ध्यानयोगको विधि महाराष्ट्रनिवासी एकजना सत्यान्वषीलाई प्राप्त हुनु र उहाँमार्फत् हाल विश्वका ७० भन्दा बढी देशहरूमा फैलिनुले नेपालको प्राज्ञिक सर्वोच्चता विश्वभरि स्थापित भएको छ’ महेश सन्यास आश्रमका पिठाधिश स्वामी रमणानन्द गिरिले जानकारी गराए । खस्किँदो राजनीतिक र आर्थिक अव्यवस्थाले विश्वभरि नेपालको प्रतिष्ठामा कमी आए पनि यौटा ज्वलन्त विश्वव्यापी आध्यात्मिक अभियानले नेपाललाई आफ्नो शाश्वत गौरव सम्झन बाध्य पारेको हुनाले यस ध्यानयोग शिविरमा सबै अध्यात्मप्रेमीलाई निमन्त्रणा गरिएको कार्यक्रमका संयोजक एवं महेश संस्कृत गुरुकुलका प्रधानाध्यापक स्वामी ईश्वरानन्दले बताए ।

कार्यक्रम मङ्सिर ९ गते प्रातः सञ्चालन हुनेछ र प्रातः ७ः३० बजेसम्म ध्यानस्थलमा प्रवेश गरिसक्नु पर्नेछ । देश विदेशबाट हजारौँ सहभागीहरू भाग लिन आउने हुँदा व्यवस्थापनका लागि अनलाइन फारम तथा आश्रम कार्यलयमा रजिष्ट्रेशन गर्न अनुरोध गरिएको छ ।

नेपालका हिमाली कन्दराहरूमा आजसम्म पनि हजारौं वर्ष प्राचीन तपस्वी ऋषिमुनिहरूको उपस्थिति छ । तिनै प्राचीन तपस्वीहरूमध्ये रसुवा जिल्लाका हिमाली कन्दरामा तपस्यारत साक्षात् शिवावतार शिवबाबाले हिमालयको विशिष्ट ध्यानपद्धतिलाई सरल सहज रूपमा आम जनमानसमा पु¥याउन महर्षि शिवकृपानन्द स्वामीजीलाई आफ्नो प्रतिनिधि बनाई अधिकृत गर्नुभएको र स्वामीजीका अनुसार हिमवत्खण्ड नेपाल विश्वको आध्यात्मिक भूगोलको सहश्रार चक्र हो । यस क्षेत्रमा साधना गर्नाले चेतनाको सर्वोच्च स्थिति सहजै प्राप्त गर्न सकिन्छ ।

स्वामीजीको आध्यात्मिक आत्मकथामा उल्लेख भएअनुसार उहाँले शिवबाबा जस्ता ११ विशिष्ट गुरुहरूको तपोबल र आशीर्वाद प्राप्त गर्नुभएको छ । उहाँहरू सबैले समाजमा आफ्नो ज्ञान बाड्न स्वामीजीलाई प्रतिनिधि बनाउनुभएको छ । स्वामीजी आफूलाई एक माध्यममात्र मान्नुहुन्छ । गुरुतत्वप्रति पूर्ण समर्पित भई ग्रहणशील भएर उहाँको सान्निध्यमा बस्दा हिमालयवासी सिद्धहरूको शक्ति साधकमा प्रवाहित हुन्छ । शिष्यले गुरुलाई नै परमात्मस्वरूप मानी पूर्ण समर्पित हुँदा गुरुको चैतन्य संस्कार ग्रहण गर्ने र ध्यानको उच्च अवस्था सहजै प्राप्त हुने यो ध्यानलाई हिमालयको समर्पण ध्यानयोग भनिएको हो । जसलाई छोटकरीमा हिमालयन मेडिटेसन नाम दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय