एमाले व्यास १ को वडा अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १०

नेकपा एमाले व्यास नपा १ वडा कमिटिको दोश्रो अधिवेशन शनिबार चारकुनेमा सम्पन्न भएको छ ।

उक्त अधिवेशनले लालप्रसाद तिमिल्सेनाको अध्यक्षतामा २१ सदस्यिय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा प्रेमबहादुर अधिकारी, सचिवमा हिराकुमार खाती, खुल्ला उपसचिवमा राजेन्द्र श्रेष्ठ र महिला उपसचिवमा मिना मल्ल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा मिनबहादुर लौडारी, रामकाजी सिलवाल, अनिता नेपाली, विष्णुमती श्रेष्ठ, पार्वती अधिकारी, सुष्मा आले, शान्ता खाती, रमेश दर्जी, राधिका वाग्ले, कल्पना न्यौपाने, बासुदेव वाग्ले, एनआर अधिकारी, हिक्मतजंग बस्नेत, प्रदिप श्रेष्ठ, पुनम नेपाली र दुर्गा हड्खले पाण्डे चयन भएका छन् ।

लालप्रसाद तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहाकारद्वय एकबहादुर राना र प्रतापलाल श्रेष्ठ, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, प्रदेश कमिटिका पुर्व सदस्य श्रीराम कार्की, जिल्ला कमिटिका सदस्य निर्मल पण्डित, बिन्दु बस्नेत, व्यास नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डे, उपसचिव जौमाया रायमाझी, भानु नगर कमिटिका सदस्य रामजी पन्त लगायतले शुभकामना मन्तव्य राखेका थिए । बन्दसत्र भने व्यास नगर कमिटिका अधयक्ष तुल्सीराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण