तरुणसँग भट्टराईको आग्रहः पार्टीको राम्रो कामबारे फेसबुकमा लेख्न तरुणलाई किन गाह्रो छ ?

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक ११

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामाजिक सञ्जालको प्रयोगले राजनीति प्रभावित पारिरहे पनि कांग्रेसका तरुणहरु यसप्रति अभ्यस्त नभएको गुनासो गरेका छन् । तनहुँको दमौलीमा नेपाल तरुण दल जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै तरुण दलका पूर्व केन्द्रीय महासचिवसमेत रहेका भट्टराईले भने ‘हामीले आफ्नाले गरेको राम्रो कामको पनि प्रचार गर्न सकेनौं । अरुले गर्नै नसक्ने कुराको प्रचार गरेर चुनाव जिते ।’

सामाजिक सञ्जालको प्रयोग सही ढंगबाट गर्न तरुणहरु चुक्नुको परिणाम कतिपय ठाउँमा कांग्रेसले चुनावी हार भोग्नुपरेको औंल्याउँदै उनले भने, किन नेतृत्वको राम्रो प्रचार नगर्ने ? पार्टीको पक्षमा स्टाटस लेख्न हामीलाई किन गाह्रो छ ? बीपी कोइरालाको निर्देशनमा २०१० कार्तिकमा स्थापना भएको दलप्रति बीपी कोइरालाको ठूलो भरोसा पनि रहेको भन्दै तर अहिले दलले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरे ।

दोस्रो महासचिव थिएँ म, उनले भने, राम्रोसँग सञ्चालन गर्न पाएको भए वैचारिक संगठनको रुपमा रुपान्तरण गर्न सकिन्थ्यो कि भन्ने लागेको थियो । ‘तर आज हाम्रो संगठनको अवस्था देख्दा केही नपुगेको जस्तो लागेको छ’ उनले भने ‘श्रीमतिको पनि भोट हाल्न नसक्ने संगठनले कसरी काम गर्ला ?’

तनहुँमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेसँग पराजित भट्टराईले विकासको कामले मात्र चुनाव जित्ने अवस्था नभएको भन्दै क्रियाशिल सदस्यले परिवारको समेत मत तान्न नसकेको गुनासो गरे । क्रियाशिल भनेको सधैं सक्रिय हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए ।

‘व्यास नगरपालिकामा क्रियाशिलले ३ भोट पनि तान्न सकेनन’्, उनले भने, ‘घण्टीको असर परेको देवघाटले तानेको जति भोट यहाँ किन तान्न सकिएन ? क्रियाशिलले श्रीमतिको भोट पनि किन पार्टीमा तान्न सकेनौं, समीक्षा हुनुपर्छ । नेपाललाई भुटान बनाउनुपर्छ भन्दा हामी किन प्रतिकार गर्दैनौं ?’

केन्द्रीय सदस्य भट्टराईले विपक्षीका गलत कामको प्रतिवाद हुन नसक्दा कांग्रेसले गरेका काम ओझेलमा परेको र उनीहरु हावी भएको दावी गरे । ‘कोही सानो देशको अन्डरमा बस्नुपर्छ भन्छन् भुटानको स्टाटसमा राख्नुपर्छ भन्छन्’, उनले भने, ‘तर त्यसको प्रतिकार हामी गर्दैनौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु