आबुँखैरेनीको सयपत्री फूल कतारमा

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १४

आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो ।

कृषि प्राविधिकले ग्रेडिङ गरेपछिको फूल टिपेर कतार पठाईएको हो । कृषि प्राविधिकले ग्रेडिङ गरेको फूल टिपेर माला गाँसेर कतार पठाईएको याञ्चोकटार लघु उद्यमी महिला समूहकी अध्यक्ष सुन्तली गुरुङले बताइन् । उक्त महिला समुहमा ७० जना महिला आवद्ध छन् । गाउँपालिकाको समन्वयमा समूहले गतवर्षदेखि सयपत्री कतार निकासी गर्न थालेको हो ।

गतवर्ष दुई लाख रुपैयाँ बराबरको सयपत्री निकासी गरिएको अध्यक्ष गुरुङले जानकारी दिइन् । यो वर्ष ८ लाख रुपैयाँ बराबरको फूल निर्यात गर्ने लक्ष्य रहेको उनको भनाइ छ । आँधीमूल महिला समूह र याञ्चोक महिला समूह एकआपसमा गाभिएर फूलखेती प्रारम्भ भएको हो । गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराए पछि महिलाहरु व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएका आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए ।

समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ । ‘बुधबार र विहिबार आँबुखैरेनी गाउँपालिकाभित्रका १२ स्थानमा बिक्री स्थल बनाइनेछ,’ महिला सशक्तीकरण पालिकाको प्राथमिकता भएको बताउँदै उनले भने, ‘केही माला तयार गरी कोल्डस्टोरमा राखिएको छ ।’ फूलखेतीबाट समूहमा आबद्ध महिला आर्थिक रूपमा पनि सक्षम भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको