तनहुँमा देउसी भैलो राती १० बजेसम्म मात्र खेल्न पाईने

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १४

तनहुँ जिल्लामा देउसी भैलो राती १० बजेसम्म मात्र खेल्न पाईने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सुचना प्रकाशन गरि समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरि देउसी भैलो तथा नाचगान जस्ता कार्यक्रमहरु राती १० बजेसम्म मात्र शान्तिपुर्वक रुपमा गर्नुपर्ने जनाएको छ । देउसी भैलो सार्वजानिक यातयात तथा सार्वजनिक जिवनलाई असर नपारी मर्यादित रुपमा खेल्न प्रशासनले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले पटका, अतिसबाजी, झिरझिरे, भुईचम्मा जस्ता विस्फोटक पदार्थहरु प्रयोग नगर्न तथा त्यस्ता पदार्थहरुको ओसारपसार र विक्री वितरण समेत नगर्न जिल्लाबासीमा अनुरोध गरेको छ । साथै जुवातास र लङ्गुरबुर्जा समेत नखेल्न र नखेलाउन पनि प्रशासनले अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीद्वारा जारी विज्ञप्तिमा मादक पदार्थको सेवन गरि होहल्ला, झैगडा तथा भिडजन्य गतिविधि गरि समाजमा अशान्ति मच्चाउने तथा प्रशासनले जारी गरेको सुचनाको अवज्ञा गरे कानुन बमोजिम कारवाही हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ