नारायणगढ-मुग्लिन सडकखण्डमा बस र माइक्रोबस ठोक्किए, चार जनाको मृत्यु

Devghat Online

शेयर गरौ

चितवन, कार्तिक २३

नारायणगढ-मुग्लिन सडक खण्डमा इलेक्ट्रिक हाइस र बस ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ३ बजे भरतपुर महानगर २९, मा पर्ने सत्रकिलोमा मुग्लिन तर्फबाट नारायणगढतिर आउँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नं.को ई.भि. हाइस र नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नं. को बस एक आपसमा ठक्कर खाएको थियो ।

घटनामा गम्भीर भएका चार जनाको मृत्यु भएको र बाँकी दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा हायसमा यात्रा गरेका गोर्खा आरुघाट १ मान्बु बस्ने ४२ वर्षका राज बहादुर गुरुङ हाईस चालक हाल नाम थर वतन नखुलेको वर्ष ४५ को पुरुष, हाईसमा सवार नामथर वतन नखुलेकी अन्दाजी ४० जतिकी महिला र हाईसमा सवार नामथर नखुलेको अन्दाजी ३२ वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको गम्भीर अवस्थामा उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि