बन्दिपुर, कार्तिक २४
नेपाली महिला राष्ट्रिय टोलीको फुटवल खेलाडी पुजा रानालाई बन्दिपुरमा सम्मान गरिएको छ ।
बन्दिपुर गाउँपालिका निवासी पुजालाई शनिबार बन्दिपुरमा बन्दिपुर गाउँपालिकाको तर्फबाट सम्मान गरिएको हो । बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, उपाध्यक्ष पन्चमाया गुरुङ लगायतले खेलाडी पुजालाई सम्मान गरेका थिए ।
खेलाडी पुजालाई सम्मान गर्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापाले फुटवलको माध्यमबाट बन्दिपुरको नाम राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउन भुमिका खेलेको बताए ।
उक्त अवसरमा फुटवल खेलाडी पुजाले यस सम्मान र सत्कारको लागि सम्पूर्ण बन्दीपुर गाउँपालिका टिमलाई धन्यवाद दिँदै उक्त सम्मानले नेपाली महिला फुटबलप्रतिको माया दर्शाउने बताइन् ।