पुर्व उपप्रधानमन्त्री श्रेष्ठद्वारा गलेश्वर आश्रमको अवलोकन

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक २४

पुर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको अवलोकन गरेका छन् । श्रेष्ठले शुक्रबार आश्रमको अवलकोलन गरि आश्रम सन्चालनको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

उक्त अवसरमा पुर्व उपप्रधानमन्त्री श्रेष्ठलाई आश्रमका अध्यक्ष एवं आश्रमका पिठाधिस अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले आश्रमको बारेमा जानकारी गराएका थिए । सो अवसरमा श्रेष्ठले आश्रमलाई दिर्घकालिन रुपमा सन्चालनकोलागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए ।

तपस्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले आफ्नो साधनास्थलको रुपमा कालीगण्डकीलाई पच्छ्याउने क्रममा वि.सं.१९८० सालमा म्याग्दीबाट देवघाट आई कुटी निर्माण गरी आश्रमको स्थापना गरेका थिए । सोही आश्रमलाई हाल गलेश्वर आश्रमको रुपमा चिनिन्छ ।

उनै गलेश्वर बाबाले संस्कृतिको आधारशिला संस्कृत वाङ्मय हो भन्ने मर्मलाई हृदयङ्गम गरी वैदिक सनातन धर्मबाट समस्त मानवजातिको कल्याण होस् भन्ने उद्देश्य राखी वि.सं. २०२३ साल पौष २७ गते पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) का दिन श्री वदे वेदाङ्ग विद्यालयको नामबाट गुरुकुलीय शिक्षापद्धति अनुसार संस्कृत पाठशालाको स्थापना गरेका थिए । विद्यालयको अभिलेख अनुसार यस विद्यालयले वि.सं.२०२४ साल चैत्र १२ गते अस्थायी अनुमति पाई गुरुकुलीय पद्धति अनुसार वेदाध्ययन गराउँदै आएको थियो ।

गलेश्वर आश्रम आश्रम अन्तर्गत बेदवेदाङ्ग विद्यालय, स्थायी अन्न क्षेत्र, बृद्धाश्रम, धर्मार्थ अस्पताल र पुस्तकालय सन्चालनमा छ । स्थायी अन्न क्षेत्रमा आश्रममा आश्रित साधु–सन्त, भक्तजन, वृद्धवद्धा, वेद वेदाङ्ग विद्यालयका अध्यापक, अध्येता, ब्रह्मचारी बटुकका लागि नित्य भोजन र अन्य अतिथिका लागि दुई छाक) निःशुल्क भोजनको व्यवस्था आश्रमले मिलाएको छ । उक्त अन्न क्षेत्रमा ३ सय जनाले एकैसाथ भोजन गर्न मिल्ने भोजनालय सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु