बन्दीपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

Devghat Online

शेयर गरौ

बन्दीपुर, मंसिर ३

तनहुँको बन्दीपुर गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने भएको छ ।

बियोन बोर्डर्स तथा युनिभर्सिटी अफ तस्मानियाको प्राविधिक सहयोग र बन्दीपुर गाउँपालिका तनहुँको संयुक्त आयोजनामा निःशुल्क विद्यालय स्तरीय स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने भएको हो ।

शिविरमा बालरोग विशेषज्ञद्वारा बालबालिकाहरूको स्वास्थ्य परीक्षण दन्तरोग विशेषज्ञहरूद्वारा बालबालिकाहरूको दन्त परीक्षण, स्त्री तथा प्रसुति रोग विशेषज्ञद्वारा महिलाहरूमा हुने पाठेघर सम्बन्धी स्वास्थ्य परीक्षण हुनेछ ।

शिविर यही मङ्सिर ४, ५ र ६ गते हुनेछ । मङ्सिर ४ गते बन्दीपुर गाउँपालिकाको वडा नम्बर ३ स्थित सेराटारमा, मङ्सिर ५ गते बन्दीपुर गाउँपालिका वडा नम्बर ६ स्थित धरमपानी स्वास्थ्य चौकीमा र मङ्सिर ६ गते बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित बन्दीपुर अस्पतालमा हुनेछ । शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा लिनुहुन सबैमा गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले