अभिव्यक्ति स्वतन्त्रता भनेको स्वच्छन्दता कदापी होइनः प्रेस काउन्सिल नेपाल

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर ४

प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युव च्यानललाई मंगलबार कारवाही गरेको छ । ती मध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचार समेत गरेको छ ।

सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युव च्यानल) मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन वा स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको छ ।

काउन्सिलले पछिल्लोसमयमा कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गरिरहेको जनाएको छ । केही सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज र अफवाहपूर्ण सामाग्री प्रसारित भएपछि त्यस्ता माध्यमलाई कारवाही गरेको काउन्सिलले जनाएको हो ।

काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्धारा जारी विज्ञप्तिमा आधिकारिक एवं विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुने भन्दै भ्रम फैलाउने सूचना सामग्री नफैलाउन सम्बद्ध सबैलाई आग्रह समेत गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापी होइन, प्रेस काउन्सिलले विज्ञप्तिमार्फत भनेको छ । प्रेस विज्ञप्तिमा कारवाहीमा परेका माध्यमहरुको विवरण समेत राखिएको छ ।

प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको समेत विशेष अनुगमन गरिरहेको जनाएको छ । सो क्रममा हालै केही सामाजिक सञ्जालबाट ‘कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको’ भन्ने अपुष्ट, आधारहीन, एकपक्षीय आरोपसहितको गलत, भ्रमपूर्ण, अफवाहपूर्ण, पक्षपोषणयुक्त, गालीगलौजपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकताका साथ स्थान दिइ प्रसारण भएकोप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको काउन्सिलले जनाएको छ ।

त्यस किसिमका सामग्री सम्प्रेषण हुनु प्रचलित कानुन एवं पत्रकार आचारसंहिता विपरीत कार्य हुन् । त्यस्ता गलत, निराधार, अफवाहपूर्ण, भ्रमपूर्ण, अतिरञ्जित शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, अमर्यादित सामग्री सम्प्रेषण भइ आचारसहिता उल्लङ्घन गर्नेमाथि कारवाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ ।

प्रारम्भिक अनुगमनको क्रममा मिडियाअन्तर्गत आवद्ध भएका सामाजिक सञ्जाल युट्युब च्यानल बाट आम मानिसलाई उत्तेजित बनाउने तथा सन्त्रास बढाउने अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण अभिव्यक्ति÷भनाइलाई प्राथमिकताका साथ स्थान दिइ सम्प्रेषित सामग्री पहिलो दृष्टिमा आचारसंहिता प्रतिकूल देखिएको हुँदा अविलम्ब हटाउन÷स्थगन गर्न ६ सञ्चार माध्यमअन्तर्गतका सामाजिक सञ्जाललाई निर्देशन दिँदै स्पष्टीकरण माग गरिएको छ भने मिडिया अन्तर्गत आवद्ध नभएका ३ सामाजिक सञ्जाललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्यूरो) मा पत्राचार गरिएको जनाएको छ ।

प्रेस काउन्सिल नेपालले पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, समाजमा उत्तेजना÷अफवाह फैलाउने, हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पुरÞ्याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, गालीगलौजपूर्ण, घृणा तथा द्वेष फैलाउने सामग्री सम्प्रेषण नगर्न÷नगराउन सञ्चार माध्यम र सो अन्तर्गत रहेका युट्युब च्यानल लगायतका सामाजिक सञ्जाल, आम पत्रकार, सञ्चारकर्मीसहित सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर