माओवादी केन्द्र तनहुँले १० वटै पालिकामा खबरदारी सभा गर्ने

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ४

नेकपा माओवादी केन्द्र तनहुँले तनहुँका १० वटै पालिका र ८५ वटै वडामा खबरदारी सभा गर्ने भएको छ ।

मंगलबार दमौलीमा सम्पन्न नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति तनहुँको नवौं पुर्ण बैठकले मंसिर महिना भित्र जिल्लामा रहेको ८५ वटा वडा र १० वटै पालिकामा खबरदारी सभा सहित सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको माओवादी केन्द्रका जिल्ला सदस्य एवं शुक्लागन्डकी नगर कमिटिका अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।

माओवादी केन्द्र तनहुँका जिल्ला संयोजक ओमराज आले मदनको अध्यक्षतामा भएको उक्त बैठकमा उक्त पार्टीका केन्द्रीय सदस्यहरु हरिबहादुर चुमान, आशा कोईराला, क्षितीज लामिछाने, केन्द्रीय सल्लाहाकार इन्द्रबहादुर अधिकारी, गन्डकी प्रदेश कमिटिका उपसचिव अतिन्द्रकेशरी न्यौपाने, सदस्य गिता शाही लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक