माओवादी केन्द्र शुक्लागन्डकीले मंसिर १८ गते खबरदारी सभा गर्ने

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १०

नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगर समितिले आगामी मंसिरको १८ गते शुक्लागण्डकीमा वृहत खबरदारी सभा गर्ने भएको छ । खबरदारी सभालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नेछन् । सोहि दिन नगरको तेस्रो नगर सम्मेलन पनि हुने छ ।

नगर समितिले शुक्लागण्डकीमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरि पार्टीको केन्द्रिय निति अनुसार शुक्लागण्डकीमा पनि खबरदारी सभासहितको नगर सम्मेलन गर्ने भएको हो ।

नगर समितिका अध्यक्ष मनराज गुरुङले मंसिर १४ र १५ गते १२ वटै वडामा खबरदारी सभा सहितको वडा सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिए । गुरुङले मंसिरको १३ गतेसम्म पार्टी सदस्यता नविकरण सक्ने उल्लेख गरे ।

हालको नगर समिति आयोजक समितिमा रुपान्तरण भएको उनले बताए । नगर समितिको शुक्रवारको पूर्ण बैठकले सो निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रले वडा तहसम्म देशभरनै खबरदारी सभा गर्ने निर्णय गरेबमोजिम शुक्लागण्डकीमा सभा हुन लागेको गण्डकी प्रदेश सदस्य एवम् शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजुले बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालनी गरेका शुसासनका कामलाई वर्तमान सरकारले निरन्तरता नदिएकाले खबरदारी सभा सहितको सम्मेलन गर्न लागिएको प्रदेश सदस्यसमेत रहेका शुक्लागण्डकीका इञ्चार्ज समेत रहेका विकले बताए । उनले शुक्लागण्डकी नगरपालिकामा पनि निर्वाचनका बेला नेपाली कांग्रेससँग तयार भएका साझा एजेन्डाहरु कार्यन्वयन नभएको बताए । अब काम नभए चुप लागेर नबस्ने उनको चेतावनी थियो ।

वर्तमान नगर कमिटीलाई आयोजक समितिमा रुपान्तरणसमेत गरिएको छ । मंसिर १५ गतेभित्र वडाको सम्मेलनसँगै खबरदारी सभा सम्पन्न गर्ने कार्यतालिका रहेको नगर कमिटीका अध्यक्ष मनराज गुरुङले जानकारी दिए । उनका अनुसार १४ र १५ गते ६÷६ वटा वडाको सम्मेलन हुनेछ । १३ गतेसम्म पार्टी सदस्यता नविकरणको काम हुनेछ ।

‘शुक्लागण्डकीमा माओवादी केन्द्रलाई कसरी पहिलो शक्ति बनाउन सक्छौं ? जनताको समस्याहरु, आकंक्षाहरुलाई पूरा गर्दै संगठन विस्तार कसरी गर्न सकिन्छ भन्ने विषयका साथ तेस्रो नगर सम्मेलन गर्दैछौं’, अध्यक्ष गुरुङले भने । मंसिर महिनालाई सबै स्थानीय तह र वडाको अधिवेशनको महिना तोकिएको बताउदै तनहुँमा २८ गतेसम्म १० वटै पालिकामा अधिवेशन सकिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता