आबुँखैरेनी अस्पतालमा आकस्मिक रक्तसन्चार केन्द्र स्थापना

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १३

आँबुखैरेनी गाउँपालिकाद्धारा सन्चालित आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ ।

आँबुखैरेनी अस्पतालमा उपचारको समयमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

आकस्मिक रक्त सञ्चार केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष शुक्र चुमानले उद्घाटन गरे । आकस्मिक रक्त सञ्चार केन्द्रको शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चुमानले रक्त सञ्चार स्थापना भएसँगै यस क्षेत्रमा रगत आवश्यक पर्ने बिरामीलाई यहीबाट रगत उपलब्ध हुने र यस क्षेत्र वरपर दुर्घटनाका घटना धेरै हुने गरेकाले त्यस्ता बिरामीको उपचारका लागि आवश्यक पर्ने रगत तत्काल प्रदान गर्न सकिने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा लागयत गाउँपालिकाका जनप्रतिनिधि एवं आबुँखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन डिबी क्षेत्री लगायतको उपस्थिती रहेको थियो । उक्त अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो