यातायात र पूर्वाधार कार्यालय तनहुँमा भौतिकमन्त्री केसीको निरीक्षण, एमाले पार्टी कार्यालयमा नेता तथा कार्यकर्तासँग भेटघाट

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १३

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँ स्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियासहितको टोली विहिबार उक्त कार्यालयको निरीक्षणमा पुगेको हो ।

उक्त अवसरमा मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल ओली र पूर्वाधार कार्यालयका निमित्त प्रमुख रविन्द्र तिवारीसँग कामकारबाहीको ब्रिफिङ लिए । निमित्त प्रमुख ओलीले कर्मचारी अभाव भएकाले निकै प्रेसरमा काम गर्नुपरेको सुनाए । ट्रायल सेन्टर बनाउन डुम्रे बजार नजिकै ५ रोपनी व्यक्तिगत जग्गा दिन स्थानीय तयार रहेको उनले जानकारी गराए । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ५ करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

ब्रिफिङपछि मन्त्री केसीले ट्रायल परीक्षामा कुनै अनियमित गतिविधि हुन नदिन चनाखो रहन प्रमुख ओलीलाई निर्देशन दिए । व्यक्तिले दान गर्ने भनेको जग्गाबारे राम्रोसँग बुझ्नुपर्ने मन्त्री केसीले बताए । ‘जग्गा दान गर्नेको केही स्वार्थ छ वा केही छैन भने बुझ्नू । राज्यलाई हानी हुने कुनै स्वार्थ देखिए त्यो छोड्दिनु’ उनले भने, ‘त्यस्तो केही नभए जग्गा कसरी प्रदेश सरकारको नाममा ल्याउने भन्ने काममा लाग्नू ।’

यातायात कार्यालयका निमित्त प्रमुख रविन्द्र तिवारीले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १४.३६ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । कार्यालयमा चालु आर्थिक वर्षमा एक अर्ब ४२ करोड १२ लाख ८ हजार रुपैयाँ विनियोजन भएको छ । त्यसमध्ये २० करोड ४० लाख ९१ हजार रुपैयाँ खर्च भएको उनले बताए । कार्यालयमा चालु आर्थिक वर्षमा १ सय ७९ वटा योजना परेको छ । कुल योजनामध्ये ४० वटा आयोजनाको बोलपत्र आह्वान हालसालै गरिएको र केही योजनाको प्रक्रियामा रहेको निमित्त प्रमुख तिवारीले बताए ।

मन्त्री केसीले बाँकी योजनाको बोलपत्र आव्हानको काम पनि छिटो गर्न निर्देशन दिए । काम गर्ने क्रममा समस्या भए मन्त्रालयमा खबर गर्न, जनताले दुःख पाउने काम नगर्न मन्त्री केसीले आग्रह गरे ।

यसैगरि मन्त्री केसीले विहिबार साँझ नेकपा एमाले तनहुँको कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटभाटमा बोल्दै गौरवका योजना निर्माण र यस अघि सुरु भएको भएको निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिने बताए ।

उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य एकबहादुर राना, जिल्ला कमिटिका उपाध्यक्ष राजेश्वर ढकाल लगायतले मन्त्री केसी समक्ष तनहुँका योजनाहरुको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको