बन्दीपुरको चन्द्रकोट गढीको पर्यटन प्रबद्र्धन गरिने

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १९

बन्दीपुर गाउँपालिका वडा नम्बर ५ मा रहेको चन्द्रकोट गढीको पर्यटन प्रबद्र्धन गरिने भएको छ । उक्त चन्द्रकोट गढीमा गत सोमबार बसेको बन्दीपुर गाउँपालिाकको कार्यपालिकाको बेठकले बैठकमा ऐतिहासिक महत्वको चन्द्रकोट गढीलाई पर्यटन प्रवद्र्धन गर्ने, बन्दीपुर भ्रमण वर्ष–२०२५ मा रूट लिंक गर्ने निर्णय गरेको थियो ।

बन्दिपुर बजारबाट पूर्व तर्फ बाहुनभन्ज्याङ हुँदै खानीगाउँ सम्म सवारी साधनमा पुगी त्यसपछि २० मिनेट पैदल हिँडी चन्द्रकोट पुगिन्छ । यस्तै पृथ्वी राजमार्गको वडा नम्बर ५ स्थित याम्पाबाट थुम्का कोरिखा हुँदै पनि बाहुनभन्ज्याङ पुगी चन्द्रकोट पुग्न सकिन्छ । उक्त चन्द्रकोटगढीको प्रचार प्रसार गर्न सके उक्त ऐतिहाँसिक स्थलमा पर्यटक भित्र्याउन सकिने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

पछिल्लो समय चन्द्रकोटको महत्व झनै बढेको भन्दै अध्यक्ष थापाले इतिहासको खोज अनुसन्धान एवम् अध्ययन गर्नेहरूका लागि पनि चन्द्रकोट विशेष रहेकोले यस ठाउँको प्रचारप्रसारको लागि उक्त ठाउँमा गाउँ कार्यपालिका बैठक आयोजना गरिएको बताए ।

उक्त कार्यपालिका बैठकले आगामी पुस ७ गते गाउँसभा बस्ने, डुम्रे चिसोपानी र बन्दिपुरमा आउटडोर जिमको सामान राख्ने निर्णय समेत गरेको प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताए । गाउँपालिकाको पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि यसअघि पनि सिद्धगुफामा कार्यपालिका बैठक बसेको थियो ।

अर्को बैठक वडा नम्बर ६ को पर्यटकीय स्थलमा बस्ने निर्णय बैठकले गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय