रोटर्‍याक्ट दमौलीको रोटा वर्ष २०२६-२७ को अध्यक्षमा किरण चयन

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २८

रोटर्‍याक्ट क्लब अफ दमौलीको रोटा वर्ष २०२६-२७ को अध्यक्षमा किरण श्रेष्ठ चयन भएका छन् । रोटा वर्ष २०२६-२७ का लागि श्रेष्ठ अध्यक्षमा चयन भएको क्लबका हालका अध्यक्ष रवि अधिकारीले जानकारी दिए ।

चालु रोटा वर्ष २०२४-२५ मा उनि प्रेसिडेन्ट नोमिनीका रुपमा रहने छन । २०२६ को जुलाई १ बाट श्रेष्ठको कार्यकाल सुरु हुने क्लबले जनाएको छ ।

क्लबले तनहुँका विभिन्न स्थान सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

बिहिबार क्लबको चौथो बोर्ड बैठकले श्रेष्ठलाई सर्वसम्मत रुपमा रोटा वर्ष २०२६-२७ का लागि अध्यक्षमा चयन गरेको हो ।

विगत ९ वर्षदेखि क्लबको विभिन्न पदमा क्रियाशिल श्रेष्ठले रोटा वर्ष २०२६-२७ मा क्लबको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् ।

रोटा वर्ष २०१६-१७ मा सदस्य पदबाट रोटर्‍याक्ट यात्रा थालेका उनले यसअघि सहसचिव, कम्युनिटि सर्भिस डिरेक्सर, डिरेक्सर चियर, साप कोर्डिनेटर हुदै उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।

साथै उनी रोटर्‍याक्ट डिष्टिकले आयोजना गर्ने अधिकाश कार्यक्रममा सहभागी भइसकेका छन् भने क्लबले आयोजना गर्ने धेरै कार्यक्रमको संयोजकको भूमिका पनि निर्वाह गरेका छन् ।

उनले रोटर्‍याक्ट दमौलीको विद्यमान गरिमालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सबैसँग सहकार्य र समन्वय गरि आफ्नो कार्यकाललाई रचनात्मक बनाउन पहल गर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु