रोटर्‍याक्ट दमौलीको रोटा वर्ष २०२६-२७ को अध्यक्षमा किरण चयन

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २८

रोटर्‍याक्ट क्लब अफ दमौलीको रोटा वर्ष २०२६-२७ को अध्यक्षमा किरण श्रेष्ठ चयन भएका छन् । रोटा वर्ष २०२६-२७ का लागि श्रेष्ठ अध्यक्षमा चयन भएको क्लबका हालका अध्यक्ष रवि अधिकारीले जानकारी दिए ।

चालु रोटा वर्ष २०२४-२५ मा उनि प्रेसिडेन्ट नोमिनीका रुपमा रहने छन । २०२६ को जुलाई १ बाट श्रेष्ठको कार्यकाल सुरु हुने क्लबले जनाएको छ ।

क्लबले तनहुँका विभिन्न स्थान सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

बिहिबार क्लबको चौथो बोर्ड बैठकले श्रेष्ठलाई सर्वसम्मत रुपमा रोटा वर्ष २०२६-२७ का लागि अध्यक्षमा चयन गरेको हो ।

विगत ९ वर्षदेखि क्लबको विभिन्न पदमा क्रियाशिल श्रेष्ठले रोटा वर्ष २०२६-२७ मा क्लबको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् ।

रोटा वर्ष २०१६-१७ मा सदस्य पदबाट रोटर्‍याक्ट यात्रा थालेका उनले यसअघि सहसचिव, कम्युनिटि सर्भिस डिरेक्सर, डिरेक्सर चियर, साप कोर्डिनेटर हुदै उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।

साथै उनी रोटर्‍याक्ट डिष्टिकले आयोजना गर्ने अधिकाश कार्यक्रममा सहभागी भइसकेका छन् भने क्लबले आयोजना गर्ने धेरै कार्यक्रमको संयोजकको भूमिका पनि निर्वाह गरेका छन् ।

उनले रोटर्‍याक्ट दमौलीको विद्यमान गरिमालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सबैसँग सहकार्य र समन्वय गरि आफ्नो कार्यकाललाई रचनात्मक बनाउन पहल गर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण