घिनाटार–टाउनचोक सडकमा कालोपत्र सुरु

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २९

देवघाट गाउँपालिका–५को घिनटार–टाउनचोक–देवपुर सडकमा कालोपत्र सुरु भएको छ । निर्माण कम्पनीले शनिबार दिउँसोदेखी उक्त सडकमा कालोपत्र सुरु गरेको हो ।

निर्माण सम्पन्न गर्नु पर्ने अवधि सकिएको लामो समयपछि कालोपत्र सुरु गरिएको हो । सडक अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि देवघाट गाउँपालिकाले निर्माण व्यवसायीलाई पटक पटक पत्र पठाई समयमै काम सक्न ताकेता गरेको थियो ।

उक्त घिनाटार–टाउनचोक–देवपुर मार्ग स्तरोन्नती योजना अन्तर्गत जिएमआर कन्ट्रक्सन प्रा.लि माडी चितवनसँग सडक कालोपत्रे र पक्की नाला निर्माण कार्यका लागि २०७९ पुस १७ गते सम्झौता भएको थियो । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीको उक्त योजनाकोलागि बजेट बिनियोजन भएको थियो ।

१५ सय मिटर लम्बाई र नाली सहित ११ मिटर चौडाईको उक्त सडक २०८० पुस २१ गतेसम्म नाली निर्माण र कालोपत्रे गर्ने गरि जिएमआर कन्ट्रक्स नेपाल प्रा.लिसँग सम्झौता भएको थियो । उक्त सडक कालोपत्रेको लागि भ्याट रकम सहित ३ करोड ७१ लाख ११ लाख २२५ रुपैयाँमा निर्माण कम्पनीमा सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक