कैलाशेश्वर महादेव मन्दिरको पुर्वमन्त्री श्रेष्ठद्वारा उद्घाटन

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ३०

भानु नगरपालिका–६ डाडाथोकमा निर्माण भएको कैलाशेश्वर महादेव मन्दिरको उद्घाटन एवं प्राण प्रतिष्ठा कार्यक्रम हालै सम्पन्न भयो । पुर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले उक्त मन्दिरको उद्घाटन गरे ।

सो अवसरमा बोल्दै सांसद श्रेष्ठले तनहुँको विकासमा आफु हर सम्भव लागि रहने बताए । विविध कारणले अहिले आफ्नो निर्वाचन क्षेत्र बारा जिल्ला भएपनि तनहुँका जनताको समस्या समाधान र जनताको सुख दुखमा आफु सँधै साथमै रहेको बताए ।
उक्त कार्यक्रममा भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी, उपमेयर उमा गोतामे, वडा नम्बर ६ का वडा अध्यक्ष धिरज खनाल लगायतले मन्तव्य राखेका थिए ।

यसैगरि पुर्वमन्त्री श्रेष्ठले बन्दिपुर गाउँपालिका ४ मा निर्माण भएको मगर गुठ भवनको पनि उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, वडा नम्बर ४ का वडा अध्यक्ष दानबहादुर थापा लगायतले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले