कैलाशेश्वर महादेव मन्दिरको पुर्वमन्त्री श्रेष्ठद्वारा उद्घाटन

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ३०

भानु नगरपालिका–६ डाडाथोकमा निर्माण भएको कैलाशेश्वर महादेव मन्दिरको उद्घाटन एवं प्राण प्रतिष्ठा कार्यक्रम हालै सम्पन्न भयो । पुर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले उक्त मन्दिरको उद्घाटन गरे ।

सो अवसरमा बोल्दै सांसद श्रेष्ठले तनहुँको विकासमा आफु हर सम्भव लागि रहने बताए । विविध कारणले अहिले आफ्नो निर्वाचन क्षेत्र बारा जिल्ला भएपनि तनहुँका जनताको समस्या समाधान र जनताको सुख दुखमा आफु सँधै साथमै रहेको बताए ।
उक्त कार्यक्रममा भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी, उपमेयर उमा गोतामे, वडा नम्बर ६ का वडा अध्यक्ष धिरज खनाल लगायतले मन्तव्य राखेका थिए ।

यसैगरि पुर्वमन्त्री श्रेष्ठले बन्दिपुर गाउँपालिका ४ मा निर्माण भएको मगर गुठ भवनको पनि उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, वडा नम्बर ४ का वडा अध्यक्ष दानबहादुर थापा लगायतले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका