रोट¥याक्ट दमौलीद्वारा तामुङका विद्यार्थीलाई न्यानो कपडा र झोला वितरण

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ३०

बन्दिपुर गाँउपालिका–३ स्थित तामुङ आधारभूत विद्यालयमा रोट¥याक्ट क्लब अफ दमौलीले विद्यार्थीलाई न्यानो कपडा, झोला र शैक्षिक सामग्री वितरण गरेको छ ।

१४ जना विद्यार्थीलाई न्यानो कपडा र झोला वितरण गरिएको क्लबका अध्यक्ष रवि अधिकारीले जानकारी दिए । गरिब, विपन्न, जेहेन्दार तथा आर्थिक अवस्था न्यून भएका विद्यार्थीहरूको पहिचान गरी न्यानो कपडा टोपी, झोला, सुइटर र शैक्षिक सामग्री वितरण गरेको क्लबले जनाएको छ । विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा विद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद पोख्रेलले धन्यवाद व्यक्त गरे ।

पछिल्लो समय ग्रामीण क्षेत्रमा विद्यार्थीको संख्या घट्दै गएको बताउँदै बन्दिपुर–३ का वडासदस्य हर्क बहादुर थापाले न्यानो कपडा हस्तान्तरण कार्यक्रमले विद्यार्थी रोक्न र शैक्षिक गतिविधि बढाउन थप टेवा पुग्ने बताए । कार्यक्रमका प्रमुख अतिथि विद्यालयव्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर थापाले क्लबको सहयोग प्रति धन्यवाद व्यक्त गरे । क्लबले जिल्लाका विभिन्न स्थानमा प्रत्येक वर्ष विपन्न र गरिब विद्यार्थीहरूको लागि न्यानो कपडा, खानेपानी, सरसफाइ, स्वास्थ्य लगायत क्षेत्रमा काम गर्दै आएको छ ।

उक्त कार्यक्रमको सौजन्य दमौलीको नेश्नल इलेक्ट्रोनिक्स र विद्यार्थी पुस्तक पसलले गरेको थियो । कार्यक्रममा गण्डकी वाङ्मय प्रतिष्ठानका निवर्तमान अध्यक्ष अर्जुन अधिकारी (सागर उदास), विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर थापा लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम स्व. पार्वती अधिकारीको सम्झनामा सो कार्यक्रम गरेको संयोजक सुशासन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका