रोट¥याक्ट दमौलीद्वारा तामुङका विद्यार्थीलाई न्यानो कपडा र झोला वितरण

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ३०

बन्दिपुर गाँउपालिका–३ स्थित तामुङ आधारभूत विद्यालयमा रोट¥याक्ट क्लब अफ दमौलीले विद्यार्थीलाई न्यानो कपडा, झोला र शैक्षिक सामग्री वितरण गरेको छ ।

१४ जना विद्यार्थीलाई न्यानो कपडा र झोला वितरण गरिएको क्लबका अध्यक्ष रवि अधिकारीले जानकारी दिए । गरिब, विपन्न, जेहेन्दार तथा आर्थिक अवस्था न्यून भएका विद्यार्थीहरूको पहिचान गरी न्यानो कपडा टोपी, झोला, सुइटर र शैक्षिक सामग्री वितरण गरेको क्लबले जनाएको छ । विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा विद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद पोख्रेलले धन्यवाद व्यक्त गरे ।

पछिल्लो समय ग्रामीण क्षेत्रमा विद्यार्थीको संख्या घट्दै गएको बताउँदै बन्दिपुर–३ का वडासदस्य हर्क बहादुर थापाले न्यानो कपडा हस्तान्तरण कार्यक्रमले विद्यार्थी रोक्न र शैक्षिक गतिविधि बढाउन थप टेवा पुग्ने बताए । कार्यक्रमका प्रमुख अतिथि विद्यालयव्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर थापाले क्लबको सहयोग प्रति धन्यवाद व्यक्त गरे । क्लबले जिल्लाका विभिन्न स्थानमा प्रत्येक वर्ष विपन्न र गरिब विद्यार्थीहरूको लागि न्यानो कपडा, खानेपानी, सरसफाइ, स्वास्थ्य लगायत क्षेत्रमा काम गर्दै आएको छ ।

उक्त कार्यक्रमको सौजन्य दमौलीको नेश्नल इलेक्ट्रोनिक्स र विद्यार्थी पुस्तक पसलले गरेको थियो । कार्यक्रममा गण्डकी वाङ्मय प्रतिष्ठानका निवर्तमान अध्यक्ष अर्जुन अधिकारी (सागर उदास), विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर थापा लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम स्व. पार्वती अधिकारीको सम्झनामा सो कार्यक्रम गरेको संयोजक सुशासन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता