स्वर्गीय पिताको सम्झनामा मन्दिर बनाउन आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

दमौली, पुस ३

तनहुँको भानु नगरपालिका वडा नम्बर २ स्थित बाह्रबिसे बगैँचामा निर्माणधीन अवस्थामा रहेको पञ्चमन्दिरका निर्माणका लागि स्थानीय अगुवा भगवान त्रिपाठीले स्वर्गीय पिताको सम्झनामा सहयोग गरेका छन् ।

भानु नगरपालिका वडा नम्बर २ भकुन्थोक निवासी मुग्लिन पोखरा सडक आयोजनामा कार्यरत भगवान त्रिपाठीले स्वर्गीय पिता प्रेमराज त्रिपाठीको सम्झनामा अधुरो अवस्थामा रहेको मन्दिर निर्माणका लागि २६ हजार ६ सय १० रुपैयाँ सहयोग गरेका गरेका हुन् ।

उक्त मन्दिर निर्माण गर्नका लागि अहिलेसम्मकै उच्च दाता बन्न सफल रहनुभएकोमा धन्यवाद दिँदै अन्य दाताहरूलाई पनि सहयोगको लागि आग्रह गरेको पञ्चमन्दिर निर्माण समितिका अध्यक्ष दशरथ दवाडीले बताएका छन् ।

उनले निर्माणधीन मन्दिरले छिट्टै नै पूर्णरूप लिँदै छ सम्पन्नको क्रममा रहेकोले अझै पनि बजेट आवश्यक परेको हुँदा कसैलाई मन्दिरको नाममा सहयोग गर्न इच्छुक भए सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्