रेडियो देवघाटको १४ औं वार्षिक साधारणसभा सन्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, पुस ३

सगरमाथा सन्चार सेवाद्वारा सन्चालित रेडियो देवघाट १०२ दशमलव ६ मेगाहर्जको १४ औं साधारणसभा बुधबार देवघाट गाउँपालिका–५ मा सम्पन्न भयो ।

उक्त कार्यक्रमको संविधान सभा सदस्य रामकृष्ण घिमिरेले उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै प्रमुख अतिथी घिमिरेले रेडियो देवघाटले समाजमा रहेको कुरालाई सन्चार मार्फत जन समक्ष प्रस्तुत गरेको र रेडियो देवघाट धेरै सङ्घर्ष गरेर यो अबस्थासम्म आएको बताए ।

अहिले धेरै अनलाइनहरु र युट्युवहरु सन्चालन भएको र त्यसमध्ये केही अनलाइन र युट्यवले हुँदै नभएको कुराहरु पनि लेख्ने गरेको भन्दै घिमिरेले जनताले त्यही अनलाईन र युट्युव हेरेकै भरमा धारणा बनाउने हुँदा कतिपय अवस्थामा भ्रामक कुराहरु पनि जनताले पत्याउनुपर्ने बाध्यता रहेको बताए । तर रेडियो देवघाटले वास्तविक विषयलाई मात्र जनता समक्ष ल्याउनुपर्ने घिमिरेले सुझाव दिए ।

सगरमाथा सन्चार सेवाका अध्यक्ष बिजयराज शर्मा भुसालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा संबिधान सभा सदस्य ध्रुब वाग्ले, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर कुवँर, नेकपा एमालेका जिल्ला कमिटि सदस्य केशवरचन्द्र न्यौपाने, नेकपा माओवादीका देवघाट गाउँ कमिटिका उपाध्यक्ष जयकृष्ण सुवेदी, देवघाट गाउँपालीका कार्यक्रम अधिकृत कृष्णराज पन्त, सामुदायीक रेडियो प्रसारण संघका नबिनराज पौडेल, देवघाट सामाजिक संयन्त्रका अध्यक्ष अर्जुन अधिकारी, कालिका सामुदायीक बन उपभोक्ता समिति अध्यक्ष कृष्णराज न्यौपाने, मधु सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम गिरी , देवघाट जेसिज वर्ष २०२५ का अध्यक्ष प्रशन्न ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन रेडियो देवघाटका महासचिव निरन्जन हाडाले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष चेतनारायण सापकोटाले राखेका थिए ।

उक्त अवसरमा रेडियोको सन्चालनमा विगतदेखी योगदान गर्नुहुने बजार व्यबस्थापक गोपाल चन्द्र न्यौपाने, प्राबिधिक मिना गुरुङ, कार्यालय सहयोगी खडक बहादुर बाचेलाई सम्मान गरिएको थियो भने विभिन्न विद्यालयमा अध्ययनरत ११ जना विपन्न विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु