ढकाल समाज प्रतिष्ठानको राष्ट्रिय भेला देवघाटमा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, पुस ६

नेपाल ढकाल समाज प्रतिष्ठानको राष्ट्रिय भेला देवघाट गाउँपालिका–५ देवघाट स्थित महेश सन्यास आश्रमको सभाहलमा शनिबार सम्पन्न भएको छ । नेपाल ढकाल समाज केन्द्रीय समितिको आयोजनामा ‘म बनाउछु मेरो कुल मन्दिर,म बनाउछु मेरो ढकाल घर’ भन्ने अभियान सहित शुक्रबारदेखी राष्ट्रिय भेला आयोजना गरिएको थियो ।

नेपालभर विभिन्न स्थानमा बसोबास गर्दै आएका सम्पूर्ण ढकाललाई एकजुट बनाउन तथा एउटै मालामा जोडी बन्धुत्वको भावना विकास गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय अध्यक्ष टिकाराम शर्मा ढकालले जानकारी दिए ।

उक्त भेलाको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालको उद्घाटन गरेका थिए । उक्त भेलामा बागमती प्रदेशका सांसद ठाकुरप्रसाद ढकाल, पशुपति क्षेत्र विकास कोष सदस्य हरिनाथ ढकाल देवघाट गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा नेपाल ढकाल समाज प्रतिष्ठानले प्रकाशन गरेको महर्षि उपमन्यु र ढकाल सन्देश दुई पुस्तकको लोकार्पण समेत गरिएको थियोे । उक्त भेलामा ६५ भन्दा बढि जिल्लाका ढकाल अगुवाहरुको सहभागिता रहको थियो ।

सो राष्ट्रिय भेलाले उपमन्यू गोत्रिय सबै ढकालहरुलाई एकतामा संग्रहित गर्दै कुल, वंश, परम्परालाई बैज्ञानिक ढंगबाट अगाढि बढाउदै लैजाने सर्वसम्मत निर्णय गरेको जनाईएको छ ।

नेपाल ढकाल समाज प्रतिष्ठानले ढकाल समाज प्रतिष्ठानको केन्द्रीय स्तरको कुल मन्दिर, अनुसन्धान केन्द्र र ढकाल आश्रम बनाउनको लागि देवघाट–५ सेती भतेरीमा ६ रोपनी, २ आना, २ पैसा र २ दान क्षेत्रफलको जमिन समेत खरिद गरेर भवन निर्माणको प्रक्रिया सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको