ढकाल समाज प्रतिष्ठानको राष्ट्रिय भेला देवघाटमा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, पुस ६

नेपाल ढकाल समाज प्रतिष्ठानको राष्ट्रिय भेला देवघाट गाउँपालिका–५ देवघाट स्थित महेश सन्यास आश्रमको सभाहलमा शनिबार सम्पन्न भएको छ । नेपाल ढकाल समाज केन्द्रीय समितिको आयोजनामा ‘म बनाउछु मेरो कुल मन्दिर,म बनाउछु मेरो ढकाल घर’ भन्ने अभियान सहित शुक्रबारदेखी राष्ट्रिय भेला आयोजना गरिएको थियो ।

नेपालभर विभिन्न स्थानमा बसोबास गर्दै आएका सम्पूर्ण ढकाललाई एकजुट बनाउन तथा एउटै मालामा जोडी बन्धुत्वको भावना विकास गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय अध्यक्ष टिकाराम शर्मा ढकालले जानकारी दिए ।

उक्त भेलाको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालको उद्घाटन गरेका थिए । उक्त भेलामा बागमती प्रदेशका सांसद ठाकुरप्रसाद ढकाल, पशुपति क्षेत्र विकास कोष सदस्य हरिनाथ ढकाल देवघाट गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा नेपाल ढकाल समाज प्रतिष्ठानले प्रकाशन गरेको महर्षि उपमन्यु र ढकाल सन्देश दुई पुस्तकको लोकार्पण समेत गरिएको थियोे । उक्त भेलामा ६५ भन्दा बढि जिल्लाका ढकाल अगुवाहरुको सहभागिता रहको थियो ।

सो राष्ट्रिय भेलाले उपमन्यू गोत्रिय सबै ढकालहरुलाई एकतामा संग्रहित गर्दै कुल, वंश, परम्परालाई बैज्ञानिक ढंगबाट अगाढि बढाउदै लैजाने सर्वसम्मत निर्णय गरेको जनाईएको छ ।

नेपाल ढकाल समाज प्रतिष्ठानले ढकाल समाज प्रतिष्ठानको केन्द्रीय स्तरको कुल मन्दिर, अनुसन्धान केन्द्र र ढकाल आश्रम बनाउनको लागि देवघाट–५ सेती भतेरीमा ६ रोपनी, २ आना, २ पैसा र २ दान क्षेत्रफलको जमिन समेत खरिद गरेर भवन निर्माणको प्रक्रिया सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक