सांसद श्रेष्ठद्वारा पत्रकार महासंघ बारामा एक लाख रुपैयाँको अक्षयकोष स्थापना

Devghat Online

शेयर गरौ

दमौली, पुस ६

पुर्वमन्त्री तथा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य माननिय कृष्ण कुमार श्रेष्ठ (किसान) ले नेपाल पत्रकार महासंघ बारामा रहने गरि एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

सांसद श्रेष्ठले शुक्रबार अक्षयकोषकोलागि उक्त रकम उपलब्ध गराउने घोषणा गरे । आफ्ना स्वर्गिय वुवा केवलबहादुर श्रेष्ठको स्मृतिमा सांसद श्रेष्ठ अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

नेपाल पत्रकार महासंघ बाराका नवनिर्वाचित अध्यक्ष लगायतका पदाधिकारी र सदस्यहरुलाई सम्मानको लागि आफ्नै निवासमा आयोजित कार्यक्रममा सांसद श्रेष्ठले पत्रकार महासंघ बारामा रहने आफ्नो वुवाको स्मृतीमा पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना गर्ने गर्ने घोषणा गरेका हुन् ।

सांसद श्रेष्ठले यस अघि नेपाल पत्रकार महासंघ तनहुँमा रहने गरि आफ्ना वुवाको स्मृतिमा पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर