सांसद श्रेष्ठद्वारा पत्रकार महासंघ बारामा एक लाख रुपैयाँको अक्षयकोष स्थापना

Devghat Online

शेयर गरौ

दमौली, पुस ६

पुर्वमन्त्री तथा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य माननिय कृष्ण कुमार श्रेष्ठ (किसान) ले नेपाल पत्रकार महासंघ बारामा रहने गरि एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

सांसद श्रेष्ठले शुक्रबार अक्षयकोषकोलागि उक्त रकम उपलब्ध गराउने घोषणा गरे । आफ्ना स्वर्गिय वुवा केवलबहादुर श्रेष्ठको स्मृतिमा सांसद श्रेष्ठ अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

नेपाल पत्रकार महासंघ बाराका नवनिर्वाचित अध्यक्ष लगायतका पदाधिकारी र सदस्यहरुलाई सम्मानको लागि आफ्नै निवासमा आयोजित कार्यक्रममा सांसद श्रेष्ठले पत्रकार महासंघ बारामा रहने आफ्नो वुवाको स्मृतीमा पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना गर्ने गर्ने घोषणा गरेका हुन् ।

सांसद श्रेष्ठले यस अघि नेपाल पत्रकार महासंघ तनहुँमा रहने गरि आफ्ना वुवाको स्मृतिमा पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ