म्याग्देमा जैविक कृषि मल उत्पादन र बजारिकरण परियोजना सन्चालन

Devghat Online

शेयर गरौ

दमौली, पुस १०

म्याग्दे गाउँपालिका जैविक कृषि मल उत्पादन र बजारिकरण परियोजना सन्चालन भईरहेको छ । गन्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवपर्तन साझेदारी कार्यक्रम अन्तर्गत म्याग्दे गाउँपालिकामा गत असोज महिनादेखी उक्त परियोजना सन्चालन भइरहेको छ ।

स्थानीय सुशासन, सेवा प्रवाह, आर्थिक विकासका क्षेत्रमा नवप्रवर्तनको माध्यमबाट नविनमत सोच र सिर्जनशिलता प्रबद्र्धन गर्ने उद्धेश्यले गन्डकी प्रदेश सरकारले लागु गरेको मुख्यमन्त्री नवप्रबर्तन साझेदारी कार्यक्रम अन्तर्गत म्याग्दे गाउँपालिकामा आगामी २०८२ जेठ मसान्तसम्म जैविक कृषि विकासकालागि नवप्रवर्तनशिल मल उत्पादन र बजारिकरण परियोजना सन्चालन हुनेछ । उक्त परियोजना गत असोज पहिलोसाताबाट सन्चालनमा आईसकेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

लागत साझेदारीमा सन्चालन भइरहेको उक्त परियोजनाको कुल बजेट १ करोड २४ लाख हुनेछ । उक्त बजेट मध्ये म्याग्दे गाउँपालिकाले २५ लाख २४ हजार रुपैयाँ साझेदारी गर्नेछ भने बाँकी ७५ लाख रुपैयाँ परियोजना अन्तर्गत मुख्यमन्त्री कार्यालयबाट प्राप्त हुनेछ । उक्त परियोजनाबाट म्याग्दे गाउँपालिकाका ५ सय घरपरिवारका १४ सय नागरिक लाभान्वित हुने लक्ष्य लिईएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उक्त परियोजनाको समाप्तीपछि म्याग्दे गाउँपालिकाका कृषकहरुले जैविक कृषि विकासकालागि नवप्रवर्तनशिल मल उत्पादन र बजारिकरणमा लाभ लिने म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उक्त परियोजना समाप्तीपछि यसले जलवायु परिवर्तनको असरबाट पर्ने असरलाई न्युनिकरण हुने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता