व्यासका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण

Devghat Online

शेयर गरौ

दमौली, पुस १०

गैर सरकारी संस्था महासंघ जिल्ला शाखा तनहुँको आयोजनामा व्यास नगरपालिकाका जनप्रतिनिधिहरुकोलागि जलवायु उत्थानशील कार्य सुदृढिकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम बुधबार नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न नगरपालिकाले जलवायुमैत्री विकास निर्माण र संरचनाहरु निर्माण गर्ने बताए । उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने कार्यक्रम समावेश रहेको बताए ।

मानव जिवनको रक्षाकोलागि जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्नुपर्ने भन्दै नगर प्रमुख न्यौपानेले यसका असरलाई न्युनिकरणकालागि जलवायुमैत्री कानुन र संरचना बनाउनु पर्ने बताए । जलवायु परिवर्तनको विषय अहिले विश्वव्यापी रुपमा र सबैभन्दा बढि चासो र छलफलको विषय भएको बताए । नगरपालिकाले वन तथा वातावरण सम्बन्धि ऐन निर्माण गरिएको र प्लाष्टिक मुक्त पालिका बनाउने अभियान सन्चालन भईरहेको प्रमुख न्यौपाने बताए ।

नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले लैङ्गिक समतामुलक बजेट तथा कार्यक्रम निर्माण र सामाजिक समावेशीकरणको मुद्धालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । गैरसकारी संस्था महासंघका केन्द्रीय सदस्य विना सिलवालले जलवायु परिवर्तनको असरले सबैलाई प्रभाव पारेको हुँदा त्यसको असर न्युनिकरणकोलागि स्थानीय सरकारको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा यो अभियानमा सबैको साथ र सहयोग हुनुपर्ने बताइन् ।

गैरसरकारी संस्था महासंघ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु तथा कार्यपालिकाका सदस्यहरुले जलवायु परिवर्तनले समुदायमा परेको असरहरुको बारेमा धारणा राखेका थिए ।

उक्त कार्यक्रममा गैसस महासंघ तनहुँकी सचिव सरिता भण्डारीले जलवायु उत्थानशील विकासको बारेमा सहजिकरण प्रस्तुत गरेकी थिइन् ।

उक्त अवसरमा जलवायु परिवर्तनको कारण, जलवायु परिवर्तनले पारेको असर र प्रभाव तथा जलवायु अनुकुलताको उत्थानशील अभ्यासहरुको बारेमा छलफल भएको थियो । सो कार्यक्रमको सन्चालन गैसस महासंघ तनहुँका सदस्य पुर्ण विकेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती