घिरिङको राधाकृष्ण आधारभुत विद्यालयः एक विद्यार्थी, एक शिक्षक

Devghat Online

शेयर गरौ

समर रानाभाट । घिरिङ, पुस ९

ग्रामिण क्षेत्रबाट बसाई सराईको असर सामुदायिक विद्यालयमा प्रतक्ष्य पर्न थालेको छ । ग्रामिण क्षेत्रका बस्ती उजाडिएसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या पनि घट्न थालेको छ । यसको एउटा महत्वपुर्ण प्रमाण घिरिङ गाउँपालिका वडा नम्बर २ स्थित शिखरडाँडा धवादीमा रहेको राधाकृष्ण आधारभुत (कक्षा १–३) विद्यालय एक हो ।

उक्त विद्यालयमा यस शैक्षिक सत्रमा जम्मा १ जना विद्यार्थी अध्ययनरत छन् । ति विद्यार्थीलाई पढाउनकोलागि एक जना शिक्षिका कार्यरत रहेकी छिन् । २०४८ सालमा स्थापना भएको उक्त विद्यालयमा यस शैक्षिक सत्रमा ७ जना भर्ना भएपनि ६ जना अन्य विद्यालयमा स्थानान्तरण गरेपछि अहिले १ जना मात्र नियमित रुपमा पढ्दै आएका छन् ।

ति एक जना विद्यार्थीकोलागि दुई जना शिक्षकको दरबन्दी भएपनि हाल १ जना शिक्षिका र १ जना कार्यालय सहयोगी कार्यरत रहेका छन् । उनीहरुले नेपाल सरकारले तोकेवमोजिमको मासिक तलब भत्ता पाउँछन् ।

केही वर्ष अघिसम्म विद्यार्थीको संख्या राम्रै भएपनि पछिल्ला वर्षमा विद्यार्थीको संख्या घट्न थालेको विद्यालयकी प्रअ संगिता अधिकारीले बताइन् । अहिले विद्यार्थी संख्या घटेर १ जनामा सिमित हुँदा नरमाईलो लागेको प्रअ अधिकारीले बताइन् । बसाई सराईले नागरिकहरु शहर बजार तथा अन्य सुविधा प्राप्त स्थानमा जान थालेपछि गाउँमा विद्यालयहरु रित्तिन थालेको प्रअ अधिकारीले बताइन् ।

‘कार्तिक महिनासम्म तिन जना विद्यार्थी आउँथे, त्यस मध्ये दुई दाजु बहिनीको बुवा निधन भएपछि ती विद्यार्थी पनि आउन छाडे’ शिक्षिका अधिकारीले भनिन् ‘तर यो विद्यालयमा अहिले एक जना मात्र बालक पढ्न आउने गरेका छन् ।’

घिरिङ गाउँपालिकाका अन्य विद्यालयहरुमा पनि विद्यार्थी संख्या उल्लेख्य छैन । अधिकांश आधारभुत विद्यालयमा १५ जना लगायतको संख्यामा विद्यार्थीहरु छन् । घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले स्थानीय जनताकै अनुरोधमा राधाकृष्ण माविलाई हालसम्म अर्काे विद्यालयमा मर्ज नगरिएको भन्दै आगामी शैक्षिक सत्रमा उक्त विद्यालय अर्काे विद्यालयमा मर्ज गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता