देवघाट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

Devghat Online

शेयर गरौ

देवघाट, पुस १२

देवघाट गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता विहिबारबाट वडा नम्बर ५ स्थित कालिका माविको खेलमैदानमा सुरु भएको छ । उक्त प्रतियोगिताको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ्ग, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक अशोक खनाल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, गाउँपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछाने, कालिका माविका प्रअ इन्द्रदेव तिवारी, देवघाट युवा तथा खेलकुँद विकास समितिका अध्यक्ष अमर फेवाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा ५ वटै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य, खेलकुद समितीका पदाधिकारी, विद्यालयका शिक्षकहरु उपस्थित रहेको थियो । कालिका मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन शिक्षक युवराज शाखीले गरेका थिए ।

तिन दिनसम्म चल्ने उक्त प्रतियोगितामा पहिलो दिनमा महिला र पुरुषको भलिबल खेल सन्चालन गरिएको थियो । महिला तर्फको प्रतियोगितामा बज्रयोगीनी मावि र कालिका मावि विच भएको खेलमा बज्रयोगोनीले जित हासिल गरेको थियो भने भृकुटी मावि र पार्वती मावि विच भएको खेलमा पार्वती मावि विजयी भएको थियो । त्यसैगरि शिद्धमहाकालि मावि र आदर्श शिक्षा मावि विच भएको खेलमा आदर्श शिक्षा मावि विजयी भएको थियो ।

त्यस्तै पुरुष तर्फको भलिवलमा राष्ट्रिय मावि र पार्वती मावि विचको खेलमा पार्वती मावि बिजयी भएको थियो । प्रतियोगिताको बाँकी खेल शुक्रबार विहान ७ बजेबाट सन्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता