पत्रकार महासंघ तनहुँले सदस्यहरुको पारिवारिक स्वास्थ्य बीमा गराउने

Devghat Online

शेयर गरौ

दमौली, पुस १३

नेपाल पत्रकार महासंघ तनहुँले शाखाका सदस्यहरुको पारिवारिक स्वास्थ्य बीमा गराउने निर्णय गरेको छ । मङ्सिर २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित समितिको शुक्रबार पदस्थापन पश्चात् शुक्रबार बसेको पहिलो बैठकले शाखाका सम्पूर्ण सदस्यहरुको तीन वर्षका लागि पारिवारिक स्वास्थ्य बीमा गराउने निर्णय गरेको हो ।

बैठकले महासंघको सल्लाहकारमा अध्यक्षका निकटम प्रतिस्पर्धी नारायण खड्का, निवर्तमान अध्यक्ष उज्ज्वल पौडेल र पूर्व अध्यक्ष ओमकार आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।

बैठकले पत्रकार महासंघमा सञ्चारकेन्द्र स्थापना र अतिथिगृह निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाल पत्रकार महासंघको अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने निवर्तमान कार्यसमिति, निर्वाचन प्रबन्ध समिति, सुरक्षा निकाय लगायत सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गर्दै महासंघको केन्द्रीय सचिवमा निर्वाचित हुनुभएकामा शाखाका सदस्य सोनी शर्मालाई बधाई ज्ञापन गर्ने निर्णय गरिएको छ ।

बैठकमा शाखाका अध्यक्ष डिपी अधिकारीले महासंघको संस्थागत विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

यस अघि पत्रकार महासंघ तनहुँमा नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यहरुको पदहस्तान्तरण एवं प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरिएको थियो । पत्रकार महासंघ तनहुँका निवर्तमान अधयक्ष उज्वल पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सांसद तथा पुर्व मन्त्री शंकर भण्डारीले महासंघको नवनिर्वाचित पदाधिकारी, सदस्य तथा संघीय र प्रदेश प्रतिनिधि सदस्यहरुकोलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा महासंघका निवर्तमान केन्द्रीय सदस्य प्रदिप काफ्ले, नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका अध्यक्ष डा.कृष्ण प्रसाद गौतम, पत्रकार महासंघका पुर्व अध्यक्षहरु ओमकार आचार्य, प्रेमप्रसाद पौडेल, डम्बर अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता