पत्रकार महासंघ तनहुँले सदस्यहरुको पारिवारिक स्वास्थ्य बीमा गराउने

Devghat Online

शेयर गरौ

दमौली, पुस १३

नेपाल पत्रकार महासंघ तनहुँले शाखाका सदस्यहरुको पारिवारिक स्वास्थ्य बीमा गराउने निर्णय गरेको छ । मङ्सिर २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित समितिको शुक्रबार पदस्थापन पश्चात् शुक्रबार बसेको पहिलो बैठकले शाखाका सम्पूर्ण सदस्यहरुको तीन वर्षका लागि पारिवारिक स्वास्थ्य बीमा गराउने निर्णय गरेको हो ।

बैठकले महासंघको सल्लाहकारमा अध्यक्षका निकटम प्रतिस्पर्धी नारायण खड्का, निवर्तमान अध्यक्ष उज्ज्वल पौडेल र पूर्व अध्यक्ष ओमकार आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।

बैठकले पत्रकार महासंघमा सञ्चारकेन्द्र स्थापना र अतिथिगृह निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाल पत्रकार महासंघको अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने निवर्तमान कार्यसमिति, निर्वाचन प्रबन्ध समिति, सुरक्षा निकाय लगायत सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गर्दै महासंघको केन्द्रीय सचिवमा निर्वाचित हुनुभएकामा शाखाका सदस्य सोनी शर्मालाई बधाई ज्ञापन गर्ने निर्णय गरिएको छ ।

बैठकमा शाखाका अध्यक्ष डिपी अधिकारीले महासंघको संस्थागत विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

यस अघि पत्रकार महासंघ तनहुँमा नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यहरुको पदहस्तान्तरण एवं प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरिएको थियो । पत्रकार महासंघ तनहुँका निवर्तमान अधयक्ष उज्वल पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सांसद तथा पुर्व मन्त्री शंकर भण्डारीले महासंघको नवनिर्वाचित पदाधिकारी, सदस्य तथा संघीय र प्रदेश प्रतिनिधि सदस्यहरुकोलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा महासंघका निवर्तमान केन्द्रीय सदस्य प्रदिप काफ्ले, नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका अध्यक्ष डा.कृष्ण प्रसाद गौतम, पत्रकार महासंघका पुर्व अध्यक्षहरु ओमकार आचार्य, प्रेमप्रसाद पौडेल, डम्बर अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि