पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारवाही स्वभाविकः स्थायी समिति सदस्य गुरुङ

Devghat Online

शेयर गरौ

भिमाद, पुस १३

नेकपा एमालेका स्थायी समिति सदस्य एवं गन्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले पार्टीको अनुशासन उल्लंघन गर्ने जो सुकैलाई पनि कारवाही हुने बताएका छन् । नेकपा एमाले भिमाद नपा वडा नम्बर ६ को वडा कमिटिको दोश्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै नेता गुरुङले पटक पटक पार्टी नीति र अनुशासनको उल्लंघन गरेको हुँदा पुर्व उपाध्यक्ष भिम रावललाई कारवाही भएको बताए ।

गुरुङले भिम रावल मात्र हैन, अनुशासन उल्लंघन गर्ने जो सुकैलाई पनि कारवाही हुने बताए । पार्टीको नीती नियम र अनुशासन उल्लंघन गर्ने कार्यकर्ताहरुलाई कारवाही गर्दा पार्टी इस्पात हुने गुरुङले दावी गरे । गुरुङले २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरे । वडा, टोल र घर घरमा एमाले पुग्ने ग्रासरुट कार्यक्रम छिट्टै ल्याउने गुरुङले बताए ।

सामाजिक सन्जालमा पछिल्लो समय नेकपा एमाले प्रति नचाहिँदा प्रचार प्रसार गरिएको भन्दै गुरुङले त्यसको विरुद्ध एमालेका कार्यकर्ताहरुले सामाजिक सन्जालबाट नै प्रतिबाद गर्नुपर्ने बताए । उनले आजको युग सामाजिक सञ्जालको युग भएको भन्दै एमालेका कार्यकताहरु पनि सामाजिक सन्जालमा सक्रिय हुने पर्ने वताए । पार्टीले सामाजिक सञ्जालमा कार्यकर्ताहरुको सक्रियता कस्तो छ भनी मुल्याङकन गर्ने पनि गुरुङले बताए ।

उक्त अधिवेशन कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार सदस्य एवं भिमाद नगर प्रमुख दधिराज सुवेदी, प्रदेश सल्लाहकार परिषद् सदस्यद्वय धर्म खनाल र शारदा खनाल, नेकपा एमाले जिल्ला उप सचिव खिम कुमाल, नेकपा एमाले भिमाद नगर समिटीका अध्यक्ष इमान थापाले शुभकामना मन्तव्य राखेका थिए । नेकपा एमाले भिमाद नगर कमीटीले पौष १० गते देखी २० गते सम्म वडा अधिवेशन सम्पन्न गर्ने नेकपा एमाले भिमाद नगर कमिटि अध्यक्ष इमान थापाले वताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी