चौथो ऋषिङ अल्ट्रा म्याराथन हुने, प्रथम हुनेलाई ६५ हजार नगद

Devghat Online

शेयर गरौ

दमौली, पुस १३

ऋषिङ गाँउपालिकाले आयोजना गर्दै आएको ऋषिङ खुल्ला अल्ट्रा म्याराथनको चौथो संस्करण यही पुस २७ गते हुने भएको छ । खेलकुद पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले बिगत ४ वर्षदेखि गाउँपालिकाले आयोजना गर्दै आएको ऋषिङ्ग अल्ट्रा म्याराथन प्रतियोगिताको चौथो संस्करणबारे आज ऋषिङ १ झापुटारमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

४२.२ किलोमिटरको उक्त अल्ट्रा म्याराथन प्रतियोगिता गाउँपालिकाले हरेक वर्ष राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गर्दै आएको छ । ‘ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने मुल नाराका साथ खेलकुदका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्न उक्त अल्ट्रा म्याराथनको आयोजना गरिएको गाँउपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । ऋषिङलाई देशभर परिचित गराउदै पर्यटन प्रवद्र्धन गराउने दीर्घकालिन लक्ष्यका साथ हरेक वर्ष म्याराथन प्रतियोगिता गरिदै आएको उनले बताए ।

प्रतियोगिताले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ऋषिङलाई परिचित गराउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । अल्ट्रा म्याराथन कार्यक्रमलाई गाउँपालिकाको पर्वको रुपमा मनाइने भएकाले हरेक वर्ष गाँउपालिकाले २७ गते सार्वजनिक बिदा दिने निर्णय समेत गरेको अध्यक्ष श्रेष्ठले बताए । साथै ऋषिङ खुल्ला अल्ट्रा म्याराथनलाई गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरि बजेट व्यवस्थापन गर्दै आएको समेत श्रेष्ठले जानकारी दिए ।

म्याराथनमा प्रथम, द्वितीय, तृतीय हुनेलाई कर बाहेक क्रमशः रु.६५ हजार, ४० हजार, २५ हजार नगद प्रदान गरिनेछ भने सान्त्वना हुनेलाई १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेलकुद बिकास समितिका संयोजक एवम् वडा नं २का वडाध्यक्ष दिलबहादुर थापाले जानकारी दिए ।

प्रतियोगितामा सहभागी स्थानीय धावकहरुलाई प्रोत्साहन गर्न स्थानीय धावकलाई पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए । स्थानीय धावकले दुबुङकोट भ्यूटावरमा नै पुगी म्याराथन सम्पन्न गरेको खण्डमा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश  ५, ४ र ३हजार पुरस्कार प्रदान गरिनेछ ।

म्याराथनमा सहभागी हुन चाहने धावकहरुले पुस २६ गते दिनको १ बजे बजेसम्म नाम दर्ता गराउन सक्ने बताइएको छ । ऋषिङ प्रवेशद्वार धारुङदेखि सुरु हुने दौड शिव सरस्वती मावि, वडा नं ७ को भवन, अर्खलाछाप, केउरादी, काफलडाँडा, पुरानो ऋषिङ, धरमपानी, पुरानो ऋषिङ (चालिसे) गाउँपालिका कार्यालय (पोखरीभञ्ज्याङ), गोठादी, ढुंगाडे, चालिसे, थप्रेक, भिरकोट अर्चल्दी, दाङश्री, काफलडाँडा, रिजाल्दी, मौरीवास, दुबुङ हुँदै दुबुङकोट भ्यू टावरमा पुगेर समापन हुनेछ ।

उक्त अल्ट्रा म्याराथन प्रतियोगिताको लागि म्याराथन विज्ञ टोलीद्धारा रुट सर्वेक्षण गरी रुट निर्धारण गरिएको, ठाउँ ठाउँमा प्राथमिक उपचार केन्द्र गरि स्थापना गरि ती केन्द्रहरुमा चिकित्सक, नर्स सहितको स्वास्थ्यकर्मीको टोली खटाइने भएकाले सुरक्षाको पूर्ण ग्यारेण्टी गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापाले स्वागत गरेकी थिइन् ।

साथै ऋषिङ गाउँपालिकाले विद्यालय तहदेखि नै खेल र खेलकुदप्रति बालबालिकालाई प्रोत्साहन गर्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत आयोजना गर्दै आएको छ । यस वर्ष यही पुस १९,२० र २१ गते ऋषिङ—१ झापुटार स्थित शुक्ला माध्यमिक विद्यालयमा प्रतियोगिता सञ्चालन हुने पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक