देवघाट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्डमा आदर्श मावि प्रथम

Devghat Online

शेयर गरौ

देवघाट, पुस १३

देवघाट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा वडा नम्बर २ स्थित आदर्श शिक्षा मावि प्रथम, वडा नम्बर ५ स्थित कालिका मावि द्वित्तिय र वडा नम्बर ५ स्थित बज्रयोगिती मावि तृतिय भएका छन् ।

प्रतियोगितामा आदर्श शिक्षा माविले ८ स्वर्ण, ५ रजत र ३ कास्य सहित कुल १६ पदक प्राप्त गरेको थियो । यस्तै कालिका माविले ६ स्वर्ण, ४ रजत र ७ कास्य सहित कुल १७ पदक प्राप्त गरेको थियो । त्यसैगरि बज्रयोगिनी माविले ४ स्वर्ण, ५ रजत र ३ कास्य पदक पाएका थिए ।

त्यसैगरि प्रतियोगितामा सहभागी अन्य विद्यालयहरु मध्ये भृकुटी मावि सराङघाटले २ स्वर्ण, १ रजत र ५ कास्य सहित ८ पदक, पार्वती मावि कोटाले १ स्वर्ण, ३ रजत र ४ कास्य सहित ८ पदक, ले कालिगंगा मावि बैदीले १ स्वर्ण, बालकेश मावि छिपिछिपेले २ रजत, सिद्धमहाकाली मावि देवघाटले १ रजत र २ काँस्य सहित ३ पदक र राष्ट्रिय मावि काफलडाँडाले १ रजत पदक प्राप्त गरेको देवघाट गाउँपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछानेले जानकारी दिए । यसैगरि भलिवल तर्फ पुरुष भलिवलमा आदर्श शिक्षा माबि प्रथम र महिला भलिवलमा बज्रयोगिनी मावि प्रथम भएका थिए ।

वडा नम्बर ५ स्थित कालिका माविको खेलमैदानमा गत विहिबारदेखी आयोजित उक्त प्रतियोगिताको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरेका थिए ।

उक्त प्रतियोगिताको समापन एवं पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भयो । उक्त कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा, गाउपालिका प्रशासकिय प्रमुख दिनेश सारु, शिक्षा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछानेले मन्तव्य राखेका थिए ।

कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित सो कार्यक्रममको सन्चालन शिक्षक युवराज साँखीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक