प्रथम मध्यनेपाल महोत्सव बुधबारदेखी, कृषि र पशुपालनका उत्पादनका लागि २० वटा स्टल निःशुल्क

Devghat Online

शेयर गरौ

दमौली, पुस २३

नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा बुधबारबाट ‘प्रथम मध्यनेपाल महोत्सव’ हुने भएको छ । ‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मूल नाराका साथ हुने महोत्सवको मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डले उद्घाटन गर्ने भएका छन् ।

महोत्सवको सबै तयारी पुरा भइसकेको महोत्सव मुल आयोजक समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले सोतिपसल बजार इकाईका अध्यक्ष रमेशचन्द्र भट्टराईले बताए । १० दिन सम्म चल्ने सो महोत्सवमा सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने, मुलुककै मध्य भागमा रहेको यहाँ स्थित सो स्थलको बारेमा देशविदेशमा चिनारी एवम् प्रचार प्रसार गर्ने, स्थानीयस्तरमा रहेको बोटे र कुमाल जातिको होमस्टे लागयत पालिकाको डडुवा तथा मगर होमस्टेको समेत प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको महोत्सवका संयोजक भट्टरार्ईले बताए ।

उनका अनुसार महोत्सव अवधिमा एक करोडको कारोबार हुने, महात्सव सम्पन्न गर्न १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । भट्टराईले भने, ‘स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धन गरी स्थानीयबासीको जीवनस्तर उकास्न मुख्य भूमिका खेल्न यस महोत्सव आयोजना गर्न लागिएको हो । संयोजक भट्टराईले यस क्षेत्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र, स्थानीय अर्गानीक उत्पादन, परम्परागत कला, संस्कार संस्कृति, व्यवसायीक होमस्टेको विस्तार र विकासका कार्यक्रमलाई महोत्सबमा प्राथमिकता दिने बताए ।

जिल्लामा आयोजना गरिने अन्य महोत्सवहरू पछिल्ला वर्षमा ठेकेदारलाई जिम्मा दिएर आयोजक र स्थानीय कला सँस्कृति, उद्योग व्यापार प्रबर्धन जस्ता कार्य ओझेलमा पार्ने प्रयासका विरुद्ध उनको प्रतिवद्धता व्यक्त गरेका छ । त्यसको लागि १५१ जनाको मूल आयोजक समितिका साथै १६ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।

महोत्सवमा स्थानीय उत्पादनका खानाका परिकारहरूको खाना महोत्सव, यही क्षेत्रमा रहेका भानु–घाँसी सम्वाद पार्क, मध्यनेपाल स्तम्भ निर्माण स्थल, पालिका भित्र रहेका नागभैरव, गौरीशंकर मन्दिर, मौलाकालिका, इशानेश्व मन्दिर अवलोकन, स्थानीय हस्तकला प्रशर्दनी, पशु तथा कृषि हाटको प्रवन्ध, संस्कृति संरक्षणमन लागि विभिन्न जातजातिका नाच, लमजुङको चिनारीका रुपमा रहेको ठाडोभाका, कौरा घाँटु लगायतका गीत तथा नृत्य प्रदर्शन, विद्यालयस्तरीय नृत्यका साथमा आमा समूहको नाच प्रचियोगिता सञ्चालन गरिने छ । साथमा स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको महोत्सवमा प्रस्तुतिका लागि तयारी गरिएको छ ।

यो पहिलो महोत्सवलाई प्रभावकारी रुपमा सम्पन्न गरी आगामी वर्षमा गरिने दोश्रो, तेश्रो महोत्सवका आधारस्तम्भ निर्माण गर्न समेत आफूहरू लागेको आयोजकको भनाइ छ । आफ्नो यो अभियानमा साथ सहयोग दिन सबै पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायत सबैसँग अपेक्षा गरेको आयोजकले बताए ।

कुल १ सय २० वटा स्टल रहने महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको महोत्सवका प्रवक्ता तथा वडा नम्बर–५ का अध्यक्ष ओमबीर गुरुङले बताए । गुरुङका अनुसार तीमध्ये कृषि र पशुपालनका उत्पादनका लागि २० वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ । लमजुङ, तनहुँ र कास्कीको संगमस्थलका रुपमा समेत परिचित रहेको रम्घा दुईपिप्लेमा सञ्चालन गर्न लागिएको पहिलो महोत्सवले धेरै सम्भावना बोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा