माघे सङक्रान्तीको अबसरमा बन्दिपुरको कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

दमौली, पुस २४

तनहुँको बन्दिपुर गाउँपालिका वडा नम्बर २ को कुकुर्दीमा माघे सङक्रान्तीको अबसरमा गोरु जुधाई प्रतियोगिता हुने भएको छ । नारायण गोपाल युवा क्लबले विगतका वर्षहरुमा जस्तै ‘स्वास्थको लागि खेलकुद र युवाको लागि खेलकुद’ भन्ने मुल नाराको साथ गोरु जुधाई प्रतियोगिता र गाउँ स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।

गोरु जुधाई तर्फ प्रथम पुरस्कार नगद १५ हजार र दोस्रो पुरस्कार नगद रु. ७ हजार रहेको र दर्ता शुल्क ५ सय रहेको नारायण गोपाल युवा क्लबका अध्यक्ष उज्ज्वल गुरुङले जानकारी दिएका छन् । पुरुष तथा महिला भलिबल प्रतियोगिता यहि पौष २५ गते बाट सुरु हुनेछ । पुरुष भलिबल प्रतियोगिताको लागि टिम दर्ता शुल्क रु.४ चार हजार ५ सय र महिला भलिबल प्रतियोगिताको दर्ता शुल्क ५ सय रहेको छ ।

पुरुष भलिबल तर्फ प्रथम पुरस्कार नगत रु. ४० हजार मेडल र प्रमाण पत्र, दोस्रो पुरस्कार नगत रु २५ हजार मेडल र प्रमाण पत्र, तेस्रो पुरस्कार नगद रु. १५ हजार मेडल र प्रमाण पत्र र महिला भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगत रु. ७ हजार मेडल र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ ।

बन्दिपुर भ्रमण बर्ष २०२५ को दोस्रो कार्यक्रम अन्तरगत घैटो फुटाइ प्रतियोगिता, स्थानिय सास्कृतिक कार्यक्रम, स्थानिय अर्गानिक खाना खाजाका स्टलहरु, स्थानिय उत्पादन खाद्यान्न मास, पिडालु, सिमल–तरुल, चामल, तरुल, भटमास, मस्याम, लोकल कुखुरा लगाएतको बिक्रि स्टलहरु रहने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ