नवौं तनहुँ महोत्सव सुरु, रोजगारीको आधार पर्यटन र कृषिः उपप्रधानमन्त्री सिंह

Devghat Online

शेयर गरौ

दमौली, पुस २५

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कृषि र पर्यटनको विकासको लागि सरकारले प्राथमिकता दिएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा तनहुँको सदरमुकाम दमौलीमा बिहीबारबाट सुरु भएको नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको उद्घाटन गर्दै मन्त्री सिंहले सो कुरा बताएका हुन् ।

देशको रोजगारीको मुख्या आधार कृषि र पर्यटन भएकोले सरकारले प्राथमिकता दिएको उपप्रधानमन्त्री सिंहको भनाई थियो । नेपाल सुन्दर देश र सस्कृतिको धनी भएकोले पर्यटकलाई आकर्षित गरी रोजगारी सिर्जना गर्न सकिने हुँदा सबै मिलेर प्रवद्धन गर्नु पर्ने सुझाव उनले दिए । कृषि र पर्यटकीय क्षेत्रको प्रवद्धन र विकासको लागि वर्तमान सरकार जुटिरहेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले नीजि स्तरले समेत लगानी गर्न आवश्यक रहेको बताए । पर्यटन प्रवद्धन र विकासमा संघ सरकारले लिएको नीतिलाई सफल बनाउन प्रदेश तथा स्थानीय सरकारको समेत महत्वपूर्ण भूमिका रहने उपप्रधानमन्त्री सिंहको भनाई थियो ।

देशका धेरै स्थानमा व्यवसायिकको नेतृत्वमा महोत्सव भईरहेको उल्लेख गर्दै सिंहले अर्थतन्त्र चलायमान गराउन मद्धत पुगेको बताए । उपप्रधानमन्त्री सिंहले भने ‘आर्थिक समृद्धिको लागि यस्ता खालका महोत्सवको ठ्ुलो योगदान रहन्छ, समुदाय स्तरको आर्थिक अवस्था समेत सुदृढिकरण बनाउन योगदान दिन्छ ।’

महोत्सव उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी, तनहुँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष घनश्याम देवान, महोत्सवका निर्देशक एवं संघका पुर्व अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष इमकुमार मल्ल, महासचिव सुवोध अधिकारी, विभिन्न राजनीतिक दलता नेता लगायतले कृषि उपज र व्यापारिक सामग्री खरिद बिक्री एवम् सस्कृतिको संरक्षणको लागि महोत्सव फलदायी हुने हुँदा यस्ता महोत्सवलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रको अध्यक्षतामा भएको थियो । महोत्सवमा दैनिक राष्ट्रियस्तरका कलाकारको उपस्थितमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा उद्घाटनमा उत्कृष्ट झाँकी र सांस्कृति प्रस्तुति दिनेलाई पुरस्कृत गरिएको थियो । आयोजकका अनुसार व्यास नगर तमु समाज प्रथम भएको छ । छङ्गेली नेवा खलल द्धितीय, मगर गुठी समिति तृतीय भएको छ । सान्त्वना हुनेहरुमा जनभावाना नेवा खल मिस पुचः, मगर सुधार, तनहुँ क्रिश्चियन समाज, बह्माकुमारी राजयोग, क्षत्री समाज तनहुँ र आँबुखैरेनी बजार इकाई समिति भएको छ ।

महोत्सवको दोस्रो दिन शुक्रबार चर्चित कलाकारहरुको प्रस्तुति हुने भएको छ । कलाकार संयोजक महेश मल्लको अनुसार चर्चित खेम सेन्चुरी, टिका सान, रिता केसीको प्रस्तुति हुने छ । शुक्रबार नै विश्वकै होचो व्यक्ति, जादुगर गु्रप, चर्चित डान्सर सविना राना, मनोज गोर्खाली लगायतको प्रस्तुति हुने छ ।

माघ ५ गतेसम्म चल्ने सो महोत्सव २ लाख दर्शकले अवलोकन गर्ने तथा पाँच करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सव मुल समारोह समितिका संयोजक मिश्रले बताए । महोत्सवमा २ सय वटा स्टल रहेका छन् । तनहुँका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने, जिल्लाका कला र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने, तनहुँ जिल्लामा लगानीकर्ताहरुलाई आकर्षित गर्ने, व्यापार व्यवसाय सन्चालनमा सहयोग गर्ने, उत्पादक र उपभोक्ताविच सम्बन्ध विस्तार गर्ने, कृषि, पर्यटन, हस्तकला, उद्योग सम्बन्धि सिप र व्यवसायको प्रबद्र्धन गर्ने तथा स्थानीय श्रमको संरक्षण गरि स्वरोजगारमुखी बनाउने लगायतका उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सवका मुल संयोजक मिश्रले बताए ।

महोत्सवमा कृषि तथा औद्योगिक प्रर्दशनी, हस्तकला प्रर्दशनी, अटोमोवाईल प्रर्दशनी, खानाका विभिन्न परिकारहरुको प्रर्दशनी, मनोरन्जनकालागि रमाईलो मेला, शैक्षिक एवं विज्ञान प्रर्दशनी, जलविहार, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, जिल्लाको बृत्तचित्र प्रर्दशनी, जिल्लाका धार्मिक एवं ऐतिहाँसिक स्थलको भ्रमण, सांस्कृतिक नमुनाग्रामको भ्रमण लगायतका मुख्य आकर्षण रहेको महोत्सवका निर्देशक एवं तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवमा कृषिमा पहिलो प्राथमिकता दिईएको आयोजकले जनाएको छ । किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले गर्दा जामिन बाँझो राख्ने क्रम बढेकाले पेशा संरक्षण गर्न महोत्सव गर्नु परेको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले जानकारी दिए । कृषि र पर्यटनको लागि ४० वटा स्थल निशुल्क प्रदान गरिएको मिश्रले बताए ।

बिचौलीयाको माध्यमबाट सस्तोमा बेच्नुुपर्दा लागत मूल्य नउठेर किसान पलायन हुने र उपभोत्ताले महङ्गो मूल्यमा किनु पर्ने बाध्य भएकोले किसानलाई संरक्षण गर्न महोत्सव गर्नु परेको मिश्रले बताए । कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिएको छ ।

महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायत स्थानीय कृषि उपज तथा उत्पादन समावेश गरिने छ । महोत्सवमा दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, अण्डा लगाएको मासुजन्य बिक्री, मत्स्यजन्य परिकारसमेत समावेश गर्न सकिने महोत्सवबाट बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवं हाइब्रिड जातको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको महासचिव अधिकारी बताउँछन् ।

त्यस्तै महोत्सव मार्फत तनहुँको पर्यटन प्रवद्र्धन र धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन गरिने तनहुँ उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष तथा महोत्सवका निर्देशक पविन्द्रकुमार श्रेष्ठले बताए । महोत्सवमा दुई सय वटा स्टलहरु रहने र सबै बुकिङ भईसकेको स्टलका संयोजक तथा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति सुकनारायण मल्लले बताए ।

महोत्सवको मुख्य प्रायोजकमा एपेक्स हस्पिटालिटी लिमिटेड, प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, सह प्रयोजकमा प्रभु बैंक लिमिटेड र गोर्खा ब्रुअरी प्रालि, टिकट प्रायोजकमा नबिल बैंक, हस्पिटालिटी पार्टनरमा सिद्धार्थ होटल, टुरिजम पार्टनरमा बन्दिपुर हिल तथा इन्स्योरेन्स पार्टनरमा युनाईटेड अजोड इन्योरेन्स लिमिटेड रहेका छन् । महोत्सवको संरक्षकमा जिल्ला समन्वय समिति र प्रबद्र्धकमा नेपाल उद्योग वाणिज्य महासंघ र व्यास नगरपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती