युवा कृषक मल्ललाई देवघाटधाम जेसिजद्वारा नगद सहित सम्मान

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, पुस २४

देवघाटधाम जेसीजले देवघाट गाउँपालिका–२ खाल्टेका युवा कृषक मनिष मल्ललाई सम्मान गरेको छ । मंगलबार आयोजित तेश्रो पद हस्तान्तरण कार्यक्रम तथा सम्मान समारोहमा स्व. चक्रपाणी पौडेल उत्कृष्ट युवा सम्मान मल्ललाई नगद पाँच हजार, दोसल्ला सहित सम्मान पत्र प्रदान गरि सम्मान गरिएको हो ।

पछिल्लो समयमा युवाहरु स्वदेशमा भविस्य नदिएर बैदेशिक रोजगारमा जाने लर्काे लाग्दा देवघाट वडा न २ का खाल्टेका युवा कृषक मनिष मल्लले यँही केही गर्न पर्छ भन्ने हेतुले कागती खेती गरेको देख्दा मल्ललाई थप उर्जा मिलोस भन्ने उद्देश्यले सम्मान गरिएको देवघाटधाम जेसिज वर्ष २०२५ का प्रसन्न ढकालले बताए ।

सम्मानित युवा कृषक मल्लले आफुले २० रोपनी क्षेत्रफलको जमिनमा ५ बर्ष यता कागती खेती गर्दै आएको बताए । देशमा बसेर केही गर्ने सोच लिएर कागती खेती गरेपनि बजार व्यवस्थापनको चुनौती, प्राकृतिक प्रकोप लगायतका कारणले आफुलाई ठुलो नोक्सानी पुगेको मल्लले बताए । नेपालमा रोजगारको सिर्जना छैन, व्यवसाय गरौं भने पनि सरोकारहरुले केही सहयोग नगर्ने मल्लले बताए । आफुले कागती खेती गरिरहदा स्थानिय सरकारबाट सोचे जस्तो प्रोत्साहन नमिलेको बताए ।

प्रदेश सरकार बाट ५० प्रतिशत अनुदान प्राप्त भएपनि स्थानिय सरकार बाट सहयोग नमिलेको मल्लले बताए । स्थानिय सरकारले यहि केही गर्छु भन्ने युवाहरुको शिक्षा योग्यता, अबस्था र भावना हेरी उनीहरुको क्षमतालाई हेरेर सहयोग गर्नुपर्ने मल्लले बताए ।

उनले कागती खेतीबाट बार्षिक ३ लाख आम्दानी भएको बताए । गत बैशाखको हावा हुरीले कागतीको हागाहरु भाचिएको थियो जसमा गाउँपालिकाको कृषि शाखावाट ३ लाखको क्षतीको अनुमान गरिए पनि त्यसको क्षतीपुर्ती भने स्थानिय सरकार बाट १५ हजार मात्र प्राप्त भएको मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक