कृष्मी सहकारीको अध्यक्षमा मनराज

Devghat Online

शेयर गरौ

दुलेगौंडा, पुस २५

शुक्लागन्डकी नपा–४ स्थित कृष्मि सहकारी संस्थाको अध्यक्षमा मनराज गुरुङ चयन भएका छन् । ‘उत्पादन, स्वरोजगार र समृद्वीका लागी कृष्मी सहकारी’ भन्ने नाराका साथ संस्थाको बुधबार सम्पन्न प्रथम साधारणले मनराजको अध्यक्षतामा सन्चालक समिति चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा सरस्वती गौतम, सचिवमा ऋषेश्वर भुवाई, कोषाध्यक्षमा सरोज पौडेल तथा सदस्यहरुमा केशब राज पौडेल, सुरज भिरखोइरे र सिता तिमिल्सिना रहेका छन् । त्यस्तै लेखा समितीको संयोजकमा मन बहादुर भुजेल तथा सदस्यहरुमा नवराज गौतम र टुक बहादुर गुरुङ, ऋण समितिको संयोजकमा सुरज वाग्ले तथा सदस्यहरुमा खिमलाल पोख्रेल र तुलसी शाह रहेका छन् ।

उक्त साधारणसभाको शुक्लागण्डकी नगरपालिकाका आर्थिक बिकास शाखाका प्रमुख नवराज पण्डीतले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा राष्ट्रिय चिया तथा कफि बिकास बोर्ड पोखराका निमित्त निर्देशक पबित्रा अधिकारीले पनि शुभकामना मन्तव्य राखेकी थिइन् ।

साधारण सभामा उत्कृष्ट कृषक मध्येबाट कृषक सुरज वाग्ले (भिरखोइरे) र उत्कृष्ट बचतकर्ताहरुको मध्येबाट अनिता गुरुङ शुक्लागण्डकी–१० सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक