दलित अगुवा सुवर्णकारको प्रथम स्मृति सभा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, पुस २५

नेकपा एमाले तनहुँका पुर्व जिल्ला कमिटि सदस्य रामलिला सुवर्णकारको प्रथम स्मृति सभा विहिबार नेकपा एमाले जिल्ला कार्यालय तनहुँमा सम्पन्न भयो ।

नेकपा एमाले व्यास नगर कमिटिको आयोजनामा भएको उक्त श्रद्धान्जली सभामा बोल्दै एमाले नेताहरुले स्वर्गीय रामलिला सुवर्णकारले देखाउनु भएको बाटोमा हिड्नुपर्ने बताए । नेताहरुले स्वर्गिय रामलिला सुवर्णकार जातिय मुक्ती तथा विभेद विरुद्धको आन्दोलनको नेता भएको हुँदा उहाँको निधनले पार्टीलाई ठुलो क्षती भएको बताएका थिए ।

एमाले व्यास नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज केदार सिग्देल, केन्द्रीय सल्लाहाकार प्रतापलाल श्रेष्ठ, प्रदेश कमिटिका सदस्य श्रीप्रसाद श्रेष्ठ, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, प्रदेश कमिटिका सल्लाहाकार सदस्य मोहनकुमार विक लगायतले स्वर्गीय रामलिला सुवर्णकारको योगदानको चर्चा गरेका थिए ।

उक्त कार्यक्रमको सन्चालन नगर कमिटिका सचिव रामचन्द्र अधिकारीले, स्वागत उपसचिव सुदिप पौडेलले तथा धन्यवाद मन्तव्य स्वर्गिय रामलिलाका छोरा एवं व्यास नगर कमिटिका पुर्व सदस्य मनोज सुवर्णकारले गरेका थिए । दलित अगुवा रामलिला सुवर्णकारको २०८० पौष २५ गते ६३ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता