दलित अगुवा सुवर्णकारको प्रथम स्मृति सभा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, पुस २५

नेकपा एमाले तनहुँका पुर्व जिल्ला कमिटि सदस्य रामलिला सुवर्णकारको प्रथम स्मृति सभा विहिबार नेकपा एमाले जिल्ला कार्यालय तनहुँमा सम्पन्न भयो ।

नेकपा एमाले व्यास नगर कमिटिको आयोजनामा भएको उक्त श्रद्धान्जली सभामा बोल्दै एमाले नेताहरुले स्वर्गीय रामलिला सुवर्णकारले देखाउनु भएको बाटोमा हिड्नुपर्ने बताए । नेताहरुले स्वर्गिय रामलिला सुवर्णकार जातिय मुक्ती तथा विभेद विरुद्धको आन्दोलनको नेता भएको हुँदा उहाँको निधनले पार्टीलाई ठुलो क्षती भएको बताएका थिए ।

एमाले व्यास नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज केदार सिग्देल, केन्द्रीय सल्लाहाकार प्रतापलाल श्रेष्ठ, प्रदेश कमिटिका सदस्य श्रीप्रसाद श्रेष्ठ, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, प्रदेश कमिटिका सल्लाहाकार सदस्य मोहनकुमार विक लगायतले स्वर्गीय रामलिला सुवर्णकारको योगदानको चर्चा गरेका थिए ।

उक्त कार्यक्रमको सन्चालन नगर कमिटिका सचिव रामचन्द्र अधिकारीले, स्वागत उपसचिव सुदिप पौडेलले तथा धन्यवाद मन्तव्य स्वर्गिय रामलिलाका छोरा एवं व्यास नगर कमिटिका पुर्व सदस्य मनोज सुवर्णकारले गरेका थिए । दलित अगुवा रामलिला सुवर्णकारको २०८० पौष २५ गते ६३ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको