रवि तत्काल नछुट्ने, काठमाडौं प्रहरीलाई जिम्मा लगाउने तयारी

Devghat Online

शेयर गरौ

पोखरा, पुस २५

अदालतले छोड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने तत्काल नछुट्ने भएका छन् । काठमाडौं प्रहरी उनलाई पुनः पक्राउ गर्न तयार भएर बसेको छ । सहकारी ठगी मुद्दामा रविलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको हो । तर, उनी ‘छुटी जाने भएमा प्रहरीकै जिम्मा दिनु’ भन्ने मागबमोजिम अदालतले उनलाई प्रहरीकै जिम्मा दिन लागेको स्रोतले जनायो ।

रविविरुद्ध दायर भएको आर्थिक अपचलनसम्बन्धी मुद्दामा धरौटीमा रिहा भए पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा केही आदेश नआएको प्रहरी स्रोतको भनाइ छ । रविविरुद्ध काठमाडौं प्रहरीले आइतबार र रुपन्देही प्रहरीले मंगलबार सोही प्रकृतिको मुद्दा दायर गरेका कारण कास्की प्रहरीले उनलाई ती जिल्लामा पठाउने प्रहरी स्रोतले जनाएको छ ।

रविसहितका प्रतिवादीविरुद्ध कास्की,काठमाडौं, रुपन्देहीसहित चितवन र पर्सा प्रहरीले सहकारी ठगी मुद्दा अगाडि बढाइएका छन् । सबै जिल्लाका अदालतको मुद्दा किनारा नलागी उनलाई रिहा गर्न नसकिने प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक