चितवन महोत्सव सुरु

Devghat Online

शेयर गरौ

चितवन, पुस २५

१५ औँ संस्करणको चितवन महोत्सव बिहीबारदेखि नारायणी नदी किनारस्थित प्रदर्शनी मैदानमा सुरु भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा सुरु भएको यो महोत्सव १५ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गरे ।

महोत्सवको उद्घाटन समारोहमा संघका पदाधिकारीहरूले चितवनलाई आर्थिक, सामाजिक, र सांस्कृतिक रूपमा उचाइमा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको जानकारी गराए ।

हरेक दुई वर्षको अन्तरालमा आयोजना हुने चितवन महोत्सवले कृषि, उद्योग, व्यापार, पर्यटन, र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्दै चितवनको पहिचानलाई थप सशक्त बनाउँदै आएको छ । महोत्सवमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शनी, मनोरञ्जनात्मक कार्यक्रम, र स्थानिय उत्पादनका झल्किने स्टलहरू मुख्य आकर्षण हुनेछन् ।

महोत्सवले यहाँका स्थानीय व्यवसायी, किसान, र साना उद्यमीलाई आफ्नो उत्पादन तथा सेवा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै चितवनको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक