जिल्ला सहकारी संघको साधारण सभा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, पुस २६

जिल्ला सहकारी संघको ४५ औं वार्षिक साधारणसभा शनिबार व्यास नपा ३ स्थित व्यास वचत तथा ऋण सहकारी संस्थाको सभाकक्षमा सम्पन्न भयो ।

उक्त साधारणसभाको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अहिले देश भरी नै सहकारी संघ संस्थाहरु समस्यामा परेको अवस्थामा तनहुँको जिल्ला सहकारी संघले भने उत्कृष्ट काम गर्दै आएको बताए । सहकारीको नियमन गर्ने अधिकार स्थानीय तहलाई भएको हुँदा स्थानीय तहले कानुनको अधिनमा रहेर नियमन गर्ने हो भने संहकारीमा देखिन सक्ने समस्याहरु समाधान हुने प्रमुख न्यौपानेले बताए ।

जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिपराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सहकारी विज्ञ देवीबहादुर बस्नेतले पनि शुभकामना मन्तव्य राखेका थिए । उक्त साधारणसभाले सरकारले हालै जारी गरेको सहकारी सम्बन्धि अध्यादेशमा भएको बचत सम्बन्धि व्यवस्था र सहकारीको कार्यकालको सिमा तोक्ने सम्बन्धि व्यवस्था परिवर्तन गर्नु पर्ने माग गरेको छ ।

साथै भिमाद नगरपालिका–७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको नेतृत्वमा भिमाद बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामबाबु गैरेमाथि भएको कुटपिटको भत्र्सना गर्दै दोषीलाई कडा भन्दा कडा कारवाही गर्नु पर्ने माग गरेको छ । सो कार्यक्रममा स्वागत उपाध्यक्ष सिर्जना तिवारीले गरेकि थिईन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा