चौंथो ऋषिङ खुल्ला अल्ट्रा म्याराथनको उपाधी श्रेष्ठलाई

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । ऋषिङ, पुस २७

ऋषिङ गाँउपालिकाले आयोजना गरेको चौंथो ऋषिङ खुल्ला अल्ट्रा म्याराथनको उपाधी होमलाल श्रेष्ठले जितेका छन् । ४२.२ किमि लामो दुरीको उक्त दौड श्रेष्ठले २ घन्टा ५७ मिनेट ४४ सेकन्डमा पुरा गरे ।

त्यस्तै २ घन्टा ५९ मिनेट ३६ सेकन्डमा निर्धारित दुरी पार गर्दै राजन मेवाङवो दोश्रो भए भने २ घन्टा ५७ मिनेट ५९ सेकन्डमा दुरी पार गर्दै जुनेश खड्का तेश्रो भएका थिए । प्रथम, द्वित्तिय र तृतिय हुने धावक त्रिभुवन आर्मी क्लवका हुन् । त्यसैगरि नवलपुरका रिखुलाल सिंजाली मगर, सोलुखुम्बुका अजुर्न कुलुङ्ग राई र मिलन राई तथा स्याङजाका हरि सिंजाली मगर सान्त्वना भएका थिए । उक्त दौडमा ४४ जना धावकको सहभागिता रहेको थियो ।

ऋषिङ प्रवेशद्वार धारुङदेखि सुरु भएको उक्त दौड शिव सरस्वती मावि, वडा नं ७ को भवन, अर्खलाछाप, केउरादी, काफलडाँडा, पुरानो ऋषिङ, धरमपानी, पुरानो ऋषिङ (चालिसे) गाउँपालिका कार्यालय (पोखरीभञ्ज्याङ), गोठादी, ढुंगाडे, चालिसे, थप्रेक, भिरकोट अर्चल्दी, दाङश्री, काफलडाँडा, रिजाल्दी, मौरीवास, दुबुङ हुँदै दुबुङकोट भ्यू टावरमा पुगेर समापन भएको थियो ।

उक्त अल्ट्रा म्याराथनमा प्रथम, द्वितीय, तृतीय हुनेलाई कर बाहेक क्रमशः रु.६५ हजार, ४० हजार, २५ हजार नगद प्रदान गरिएको थियो भने सान्त्वना हुनेलाई १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेलकुद बिकास समितिका संयोजक एवम् वडा नं २ का वडाध्यक्ष दिलबहादुर थापाले जानकारी दिए ।

त्यसैगरी स्थानीय धावकहरु विचमा गरिएको प्रतियोगितामा ऋषिङ-३ का हेमकुमार थापा प्रथम, ऋषिङ- ४ का वसन्त बर्देवा द्वित्तिय र ऋषिङ- ८ का बासुदेव थापा तृतीय भएका थिए।

उक्त प्रतियोगिताको गन्डकी प्रदेशका सांसद तथा पुर्व आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले उद्घाटन गरेका थिए । ‘ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने मुल नाराका साथ खेलकुदका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्न उक्त अल्ट्रा म्याराथनको आयोजना गरिएको गाँउपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । ऋषिङलाई देशभर परिचित गराउदै पर्यटन प्रवद्र्धन गराउने दीर्घकालिन लक्ष्यका साथ हरेक वर्ष म्याराथन प्रतियोगिता गरिदै आएको उनले बताए ।

प्रतियोगिताले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ऋषिङलाई परिचित गराउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । अल्ट्रा म्याराथन कार्यक्रमलाई गाउँपालिकाको पर्वको रुपमा मनाइने भएकाले ऋषिङ खुल्ला अल्ट्रा म्याराथनलाई गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरि बजेट व्यवस्थापन गर्दै आएको समेत श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सञ्चारमाध्यममा सरकारको आर्थिक नाकाबन्दीविरुद्ध पत्रकार महासंघ आन्दोलित

तनहुँ । चैत २८ नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णयविरुद्ध संघीय संसद्मा