महोत्सवमा आयतित बस्तु बिक्री नर्गन मन्त्री पौडेलको आग्रह

Devghat Online

शेयर गरौ

दमौली, पुस २७ गते

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मेला तथा महोत्सवमा स्वदेशी बस्तु मात्रै बिक्री गर्नु पर्ने बताएका छन् । आयतित समान बिक्री हुँदा रकम बिदेशिने कुरा हेक्का राख्न व्यवसायीलाई मन्त्री पौडेलले आग्रह गरे ।

तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा तनहुँको सदरमुकाम दमौलीमा सुरु भएको नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा शनिबार सम्बोधन गदै मन्त्री पौडेलले सो आग्रह गरेका हुन् । मन्त्री पौडेलले भने ‘स्वदेशी बस्तु बिक्री भएमात्रै देश धनी बन्छ आयतित सामग्री विक्री गरेर फाईदा हुँदैन ।’ महोत्सव भन्ने बित्तिकै स्थानीय उत्पादन मात्रै बिक्री गर्ने स्थान हो भन्ने बनाउनु पर्ने उनको सुझाव थियो । मन्त्री पौडेलले भने, स्थानीय उत्पादित सामग्री मात्रै बिक्री ठाउँ भनेकै महोत्सव हो भन्ने बनाउनु पर्छ ।’ कृषिमा यान्त्रिकरण गरी उत्पादन बढाउने र बजारीकरण गरेर नेपालीको जीवनस्तर माथि उठाउन सकिने बताए ।

मेला, महोत्सवमको माध्यमबाट बजारीकरण गर्ने, स्थानीय उत्पादनले पर्यटकीय बजारहरुमा स्थान पाउने अवस्था भए जीवनस्तर माथि उकास्न मद्धत पुग्ने उनले बताए । तनहुँ महोत्सवमा स्थानीय उत्पादनलाई बजारीकरण गर्न कृषि र पर्यटनलाई प्राथमिकता दिएको देख्दा खुसी लागेको उनले बताए । यस्ता महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, भाषा, साहित्य र सस्कृतिको संरक्षणमा टेवा पुग्ने हुँदा निरन्तरता दिइनु पर्ने पौडेलले बताए ।

मन्त्री पौडेललाई तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्र, वरिष्ठ उपाध्यक्ष इमकुमार मल्ल, महासचिव सुवोध अधिकारी, रमाईलो मेला व्यवस्थापक संयोजक दिनेशकुमार श्रेष्ठ, मञ्च तथा साउण्ड सिष्टम व्यवस्थापन संयोजक कुमार मल्ल लगायते स्वागत गरेका थिए ।

पुस २५ गते देखि सुरु भएको महोत्सव माघ ७ गते सम्म हुने छ । महोत्सवमा गायक राजु परियार र समिक्षा अधिकारीले दर्शक नचाए । महोत्सवको तेस्रो दिन शनिबार चर्चित लोकदोहोरी गायक राजु परियार र समिक्षा अधिकारीले दर्शक नचाएका थिए । गायक परियारले कोदो रोप्दा लागेको पीरती र आमा बोलको गीत गाउँदा दर्शक भावुक भएका थिए ।

गायक परियार पञ्चेबाजाका लयका गीत गाउँदा दर्शक नाचेका थिए । गायिका समिक्षा अधिकारीले फेरी कहाँ आउँछर र बालापनको उमेर, कन्या राशी, सूर्ति माड्दा माड्दै लगायतका गीत गाएर भरपुर मनोरञ्जन प्रदान गरेका थिए । यसैगरी शनिबार नै चर्चित गायिका ज्योती लोहनीले दर्शक नचाएका थिए । शनिबार दशर्कको भीड लागेको थियो ।

यसैगरी आईतबार चर्चित बाल गायक सुप्रिम मल्ल, गायक बाबुकृष्ण परियार र गायिका बबिता किरातीले प्रस्तुती दिनु हुने राष्ट्रिय कलाकार संयोजक महेशकुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा