देवघाटमा ऐतिहासिक मकर स्नान तथा महा–महोत्सव सुरु, १००८ स्वामी ज्ञानानन्द सरस्वतीद्वारा उद्घाटन

Devghat Online

शेयर गरौ

देवघाट, माघ १

देवघाटमा सोमबारबाट ऐतिहासिक मकरस्नान तथा देवघाट महामहोत्सव सुरु भएको छ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिने यो महोत्सवको देश–विदेशका श्रद्धालु भक्तजनहरूको विशाल उपस्थितिमा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतिजी महाराजले उद्घाटन गरे ।

विश्व जागरण महाअभियान ट्रष्टका संस्थापक सुप्रशिद्ध कथा वाचक इश्वरकृष्ण महाराजको सत्संकल्पमा सुरु भएको उक्त महा–महोत्सवको उद्घाटन कार्यक्रममा देवघाट वरपरका पिठाधिश र स्वामीहरुको विशेष उपस्थिती रहेको थियो ।

उद्घाटन कार्यक्रममा सबैको आकर्षण भने लोकप्रिय कथा वाचिका देवी प्रतिभा बनेकी थिइन् । उनलाई हेर्न मात्रै हजारौं भक्तजन आएका थिए । लोकप्रिय कथावाचिका देवी प्रतीभाले माघ ९ गतेसम्म देवघाट महा–महामहोत्सवमा कथा वाचन गर्नेछिन् । यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर नेपालीको मन जितेकी २३ वर्षीया काभ्रेली चेली विशवकै बढी खोजीले कथावाचिकाको रुपमा पर्छिन् ।

महोत्सवको प्रमुख आकर्षणमा अखण्ड हरिनाम संकीर्तन, १०८ श्रीमद्भागवत पाठ, १ लाख २५ हजार श्रीफल हवन, १ लाख शीला पूजन र शिलान्यास, ११ अर्ब रामनाम लेखन र पूजन, तथा ३३ कोटी दीप प्रज्वलनजस्ता धार्मिक गतिविधिहरू रहेका छन् ।
देश–विदेशका ख्यातिप्राप्त कथा वाचकहरूले महोत्सवलाई थप विशेष बनाइरहेका छन् । विश्वकै कान्छी कथा वाचिका अनुराधा पाण्डे, देवी प्रतिभा, पूज्या यशोदा माताजी र युवा कथा वाचक ओमप्रकाश सुवेदीले प्रवचनद्वारा श्रद्धालुहरूलाई आध्यात्मिक ज्ञान प्रदान गर्नेछन् ।

भक्तजनहरूको सुविधाका लागि उत्कृष्ट व्यवस्थापन गरिएको छ । करिब १० हजार व्यक्तिको दैनिक भोजन र आवासको निःशुल्क व्यवस्था गरिएको छ भने २० हजार भन्दा बढी व्यक्तिलाई समेट्न सक्ने तीन भव्य पण्डाल निर्माण गरिएको छ ।
शुद्ध पानी, शौचालय, प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाइएको छ भने वृद्धवृद्धा तथा असक्त व्यक्तिहरूका लागि यातायातको विशेष व्यवस्था गरिएको छ । सुरक्षाका लागि सुरक्षाकर्मी र स्वयंसेवकहरूको टोली परिचालित गरिएको छ ।

महा–महोत्सवमा संकलित रकमले तनहुँको देवघाटमा निर्माणाधीन माता–पिता सेवा आश्रममा खर्च गरिने छ । उक्त आश्रमा ३६५ कोठाहरु रहनेछन् । उक्त आश्रम निर्माणकोलागि हालसम्म जमिन प्राप्ति लगायतका कार्यहरू पनि सम्पन्न भइसकेका छन् भने १२० कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ । वृद्ध मातापिताका लागि सुरक्षित, सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ आश्रम निर्माण भइरहेको छ । विश्व जागरण महाअभियान ट्रस्टका संस्थापक ईश्वरकृष्ण महाराजको सत्संकल्प र नेतृत्वमा निर्माणाधीन माता–पिता सेवा आश्रमले धार्मिक, सामाजिक, र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान दिने विश्वास गरिएको ट्रस्टले जनाएको छ ।

यो परियोजनाले वृद्ध मातापितालाई निःशुल्क आवासीय सुविधा मात्र नभई धार्मिक आस्था र शान्तिको वातावरण उपलब्ध गराउने महा–महोत्सवका संकल्पकर्ता ईश्वरकृष्ण महाराजले बताए । आश्रम संगै सिमेन्ट र छडको प्रयोग नगरी पूर्णरूपमा पथ्थरबाट कलात्मक शैलीमा देवघाट दिव्यधाम मन्दिर निर्माण गरिने ईश्वरकृष्ण महाराजले बताए । मन्दिर र आश्रमको गरि कुल लागत करिब २०० करोड रुपैयाँ रहने जनाईएको छ । निर्माणाधीन मन्दिरलाई हजारौं वर्ष टिक्न सक्ने खालको संरचना तयार पार्ने लक्ष्य राखिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर